ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल २८, २००३ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च ३ देखि अप्रिल २८, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
असाइनमेन्ट न. १
१. यहोवाले आफ्ना जनहरूप्रति कसरी व्यक्तिगत चासो देखाउनुभएको छ? [w-NP९७ १०/१ पृ. ४-६]
२. आध्यात्मिक प्रमोदवन भनेको के हो? [w-NP०१ ३/१ पृ. ८-१०]
३. ईश्वरीय बुद्धि सबैको लागि उपलब्ध छ भनी हितोपदेश ८:१-३ ले कसरी देखाउँछ र कलस्सी २:३ अनुसार यो कहाँ पाउन सकिन्छ? [w-NP०१ ३/१५ पृ. २५, २८]
४. निर्मल र खराब आँखाबीच कस्तो भिन्नता छ? (मत्ती ६:२२, २३) [w-NP९७ १०/१ पृ. २६ अनु. ५]
५. दाऊदले भूल गरे तापनि किन तिनी निष्ठावान् भए र सोझोपनामा हिंडे भन्न सकिन्छ? (१ राजा ९:४) [w-NP९७ ५/१ पृ. ५ अनु. २]
६. साँचो आनन्दको मूल कारण भौतिक कुराहरू होइन तर आध्यात्मिकता हो भनी आदम तथा हव्वाको उदाहरणले कसरी देखाउँछ? [w-NP९७ १०/१५ पृ. ५-६]
७. ईश्वरीय सिद्धान्तअनुसार हिंड्ने मानिस भएर हामी कसरी लाभ उठाउन सक्छौं? [w-NP९७ १०/१५ पृ. २९]
साप्ताहिक बाइबल पढाइ
८. (क) मर्कूस १३:१४ मा बताइएको “घृणित कुरा” प्रथम शताब्दीमा के थियो? (ख) त्यो ‘जहाँ उचित छैन त्यहाँ उभिनुले’ कुन कुरालाई संकेत गऱ्यो?
९. दाऊदको सिंहासनको वैध उत्तराधिकारी येशू नै हुनुहुन्थ्यो भनी लूकाको सुसमाचारको पुस्तकले कसरी प्रमाणित गर्छ? (लूका ३:२३-३८) [w-NP९३ ४/१ पृ. ३ अनु. ३]
१०. लूका १२:२ मा लिपिबद्ध येशूको भनाइको अर्थ के थियो?
११. येशूले बताउनुभएको हराएको चाँदीको सिक्काको दृष्टान्तमा, स्वर्गदूतहरूले देखाएको प्रतिक्रिया किन महत्त्वपूर्ण छ? (लूका १५:१०) तिनीहरूको उदाहरणले हामीलाई कसरी असर गर्नुपर्छ?
१२. लूका २२:२९ मा कुन दुईवटा करारबारे उल्लेख गरिएको छ?