प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 अप्रिल पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 अप्रिल पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ र/वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापहरूमा उपस्थितचाहिं हुने तर मण्डलीसित सक्रिय रूपमा संगत नगर्ने इच्छुक व्यक्‍तिहरूलाई वर्सिप द ओन्ली ट्रु गड भन्‍ने नयाँ पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। पुनःभेट गर्न जाँदा विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। मे: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यदि यो छैन भने, बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌?, पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ वा युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ चलाउन सक्नुहुन्छ। यदि मण्डलीसित यी कुनै पनि पुस्तकहरू छैनन्‌ भने, कतै नजिकैका मण्डलीसित पो छन्‌ कि सोधखोज गर्नुहोस्‌। जून: ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्‌। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, मण्डलीको स्टकमा भएको अर्को उपयुक्‍त पुस्तिका चलाउनुहोस्‌। जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई।

◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्‍यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिसाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। एसटिडि कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।

◼ मण्डलीका सचिवले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्‌। नियमित अग्रगामीले निवेदन फाराम भरेपछि पूरा भयो कि भएन, फेरि दोहोऱ्‍याएर हेर्नुहोस्‌। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन्‌ र त्यसको रेकर्ड राख्नुपर्छ।

◼ व्यक्‍तिगत यात्राको दौडान अन्य मुलुकका मण्डलीका सभाहरू, सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि त्यस मुलुकमा भइरहेको कामको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा सूचीबद्ध गरिएको छ।

◼ फेब्रुअरी महिनाको मासिक स्टेटमेन्टसँगै सबै मण्डलीहरूलाई स्पेशल रिक्वेस्ट फर्म फर एन्युअल आइटम्स्‌ पठाइएको थियो। सन्‌ २००३ को लागि अधिवेशनको बिल्ला तथा सन्‌ २००४ को लागि अन्य वार्षिक सामग्रीहरूको अहिलेसम्म पनि माग नपठाएका मण्डलीहरूले आ-आफ्नो माग तुरुन्तै पठाइहाल्नुपर्छ।

◼ यरली क्यालेण्डर एफ लिटरेचर आइटम्स्‌अनुसार आउँदो सेवा वर्षको लागि लिटरेचर रिक्वेस्ट फर्म-मा (S-14) बताइएका फारामहरू मगाउने तोकिएको महिना अप्रिल हो। त्यसकारण, कृपया अप्रिल महिनाको लागि मासिक लिटरेचर रिक्वेस्टसँगै लिटरेचर रिक्वेस्ट फर्म-मा उल्लेखित सबै प्रकारका फारामहरू एक वर्षको लागि मगाउनुहोस्‌। फारामहरूको लागि कृपया छुट्टाछुट्टै पत्र अथवा लिटरेचर रिक्वेस्ट फर्म नपठाउनुहोला। बरु, लिटरेचर रिक्वेस्टमै यसलाई समावेश गर्नुहोस्‌। कृपया वाचटावर लिटरेचर रिक्वेस्ट गाइड, खण्ड ४, पृष्ठ १ हेर्नुहोस्‌।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

हाउ टु इम्प्रुभ योर स्पिकिङ एण्ड टिचिङ अबिलिटी—आसामी, मिजो

के यो संसार रहिरहनेछ? (पर्चा न. १९)—मनिपुरी

वास्तवमा यो संसारलाई कसले शासन गर्छ?(पर्चा न. २२) —मनिपुरी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने