सेवा सभाको तालिका
नोभेम्बर १० मा सुरु हुने हप्ता
गीत २१२
१० मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएका सल्लाहहरू चलाउँदै नोभेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) र नोभेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, दुईवटा छुट्टाछुट्टै व्यावहारिक प्रदर्शन गरेर देखाउनुहोस्। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा हाम्रो विश्वव्यापी कार्यको लागि खर्च कसरी जुटाइन्छ, उल्लेख गर्नुहोस्।—प्रहरीधरहरा, पृष्ठ २ वा ब्यूँझनुहोस्! पृष्ठ ५ हेर्नुहोस्।
१५ मि: “तिमीहरू पनि तयार रहो।”a आध्यात्मिक गतिविधिहरूमा बिताउन सकिने समय वर्तमान दुष्ट रीतिरिवाजका फिक्री तथा अलमल्याउने कुराहरूमा खर्च नगर्न आफूलाई कुन कुराले मदत गरेको छ, त्यसबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
२० मि: तपाईं कसरी आफ्नो संगति छान्नुहुन्छ? वर्सिप गड पुस्तक, पृष्ठ ४७-९ मा आधारित श्रोताहरूसित छलफल। अनुच्छेद १३ मा दिइएका प्रश्नहरू तथा उद्धृत शास्त्रपदहरू चलाउँदै संगति छान्ने सन्दर्भमा हामीलाई डोऱ्याइ प्रदान गर्ने बाइबल सिद्धान्तहरूबारे टिप्पणी गर्न श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्।
गीत १२७ र समापन प्रार्थना।
नोभेम्बर १७ मा सुरु हुने हप्ता
गीत ९६
१२ मि: स्थानीय घोषणाहरू। हालैको साहित्य प्रस्तुति चलाएर क्षेत्र सेवामा चाखलाग्दा अनुभवहरू बटुलेका दुई वा तीन जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्। कोही-कोही बाइबल अध्ययन सुरु गर्न सफल भएका हुन सक्छन्।
१५ मि: दिने मनोभाव खेती गर्नुहोस्। नोभेम्बर १, २००३, प्रहरीधरहरा, पृष्ठ २७-३० मा आधारित प्राचीनद्वारा भाषण।
१८ मि: “प्रशंसाले स्फूर्ति दिन्छ।”b पारिवारिक आनन्द पुस्तक, पृष्ठ ४९-५०, अनुच्छेद २१ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्। कसैले प्रशंसाका शब्दहरू भनेको कारण प्रोत्साहित भएका व्यक्तिविशेषहरूलाई संक्षिप्तमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्।
गीत ५८ र समापन प्रार्थना।
नोभेम्बर २४ मा सुरु हुने हप्ता
गीत २१३
१२ मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट। पृष्ठ ४ का सुझावहरू चलाउँदै नोभेम्बर ८ को ब्यूँझनुहोस्! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) र डिसेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ, छुट्टाछुट्टै प्रदर्शन गरेर देखाउनुहोस्। पृष्ठ ४ मा सुझावित भन्दा अर्कै शास्त्रपद पनि चलाउन सकिन्छ। दुइटै प्रदर्शनमा प्रहरीधरहरा र ब्यूँझनुहोस्!-मध्ये एउटा मात्र प्रस्तुत गरिए तापनि दुइटै पत्रिकाको जोडी मिलाएर दिनुपर्छ। एउटा प्रदर्शनमा, सार्वजनिक यातायात वा अन्य कुनै उपयुक्त स्थानीय परिवेशमा अनौपचारिक तवरमा पत्रिका प्रस्तुत गरिरहेको देखाउनुहोस्।
१० मि: प्रश्न पेटी। प्राचीनद्वारा भाषण।
२३ मि: “यहोवासित घनिष्ठता बढाउने।”c दिइएका प्रश्नहरू चलाउनुहोस्। शास्त्रपद कसरी लागू गर्न सकिन्छ भन्ने सन्दर्भमा श्रोताहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। आफ्नो व्यक्तिगत बाइबल अध्ययनको गुणस्तर सुधार्न आफूलाई कुन कुराले मदत गरेको छ, त्यसबारे एक वा दुई जनालाई टिप्पणी गर्न लगाउन पहिल्यै प्रबन्ध मिलाउनुहोस्।
गीत २०२ र समापन प्रार्थना।
डिसेम्बर १ मा सुरु हुने हप्ता
गीत १३८
१० मि: स्थानीय घोषणाहरू। प्रकाशकहरूलाई नोभेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। डिसेम्बर महिनामा प्रस्तुत गरिने साहित्यहरू बताउनुहोस्। एक वा दुईवटा सुझावित प्रस्तुति छोटकरीमा पुनरावलोकन गर्नुहोस्। थप प्रस्तुतिहरू पत्ता लगाउन प्रकाशकहरूले कसरी वाच टावर पब्लिकेशन्स इन्डेक्स चलाउन सक्छन्, बताउनुहोस्।—सेप्टेम्बर २००१ हाम्रो राज्य सेवकाई, पृ. २ हेर्नुहोस्।
मि: स्थानीय आवश्यकताहरू।
२० मि: अरूलाई सिकाउन योग्य। जून १, २०००, प्रहरीधरहरा, पृष्ठ १६-१७, अनुच्छेद ९-१३ मा आधारित श्रोताहरूसित छलफल। प्रभावकारी ढंगमा सिकाउन सक्नु हाम्रो सेवकाईको प्रमुख लक्ष्य हो। भेडाखाले मानिसहरूलाई मदत गर्न सफल हुनु, नहुनु त्यो उनीहरूलाई जानकारी दिने र उत्प्रेरित गर्ने किसिमले राज्यसन्देश सुनाउने हाम्रो क्षमतामा निर्भर हुन्छ। निम्न प्रश्नहरूबारे छलफल गर्नुहोस्: (१) प्रचार गर्नु र सिकाउनुबीच के भिन्नता छ? (२) बाइबल अध्ययन सञ्चालन गर्न किन कोही-कोही हिचकिचाउँछन्? (३) हामी कसरी आफ्नो शिक्षण क्षमता विकास गर्न सक्छौं? (४) आफूले सिकिरहेको कुरा हाम्रा विद्यार्थीहरूले बुझिरहेका छन् भनेर हामी कसरी पक्का गर्न सक्छौं? (५) हामीले विद्यार्थीलाई कस्तो लक्ष्य प्राप्त गर्न मदत गर्नुपर्छ?
गीत ७० र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।