प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 नोभेम्बर पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००४
  • उपशीर्षकहरू
  • नोभेम्बर ८ मा सुरु हुने हप्ता
  • नोभेम्बर १५ मा सुरु हुने हप्ता
  • नोभेम्बर २२ मा सुरु हुने हप्ता
  • नोभेम्बर २९ मा सुरु हुने हप्ता
  • डिसेम्बर ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००४
km04 नोभेम्बर पृ. २

सेवा सभाको तालिका

नोभेम्बर ८ मा सुरु हुने हप्ता

गीत ५ (४६)

१० मि: स्थानीय घोषणाहरू। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१५ मि: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्ने। सन्‌ १९९१ डिसेम्बर अंकको आवर किङडम मिनिस्ट्री-को पृष्ठ १ मा आधारित भाषण।

२० मि: “अविलम्बी भाव कायम राख्नुहोस्‌!”a जनवरी १५, २००० को प्रहरीधरहरा, पृष्ठ १२-१३ मा दिइएका टिप्पणीहरू समावेश गर्नुहोस्‌।

गीत ४ (४३) र समापन प्रार्थना।

नोभेम्बर १५ मा सुरु हुने हप्ता

गीत २१ (१९१)

१० मि: स्थानीय घोषणाहरू। पृष्ठ ४ मा दिइएका सुझावहरू तपाईंको मण्डलीको इलाकाको लागि व्यावहारिक छन्‌ भने, नोभेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको पहिलोचाहिं) अनि नोभेम्बर १५ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भन्‍ने कुरा प्रदर्शन गरेर देखाउन ती चलाउनुहोस्‌। अन्य व्यावहारिक प्रस्तुतिहरू पनि चलाउन सकिन्छ।

१५ मि: दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ? नोभेम्बर १, २००४ को प्रहरीधरहरा, पृष्ठ १९-२३ मा आधारित भाषण।

२० मि: व्यक्‍तिगत तथा पारिवारिक अध्ययनमा इन्डेक्स चलाउने। श्रोताहरूसित छलफल गर्दै प्राचीनले भाषण दिन्छन्‌। आफ्नो वचन र संगठनमार्फत यहोवाले प्रशस्त मात्रामा बहुमूल्य मार्ग-निर्देशन तथा प्रोत्साहन दिनुभएको छ। यस्तो जानकारी भेट्टाउन सकिने हाम्रो प्रमुख औजार वाच टावर पब्लिकेसन्स इन्डेक्स हो। केटाकेटीदेखि लिएर हजुरबा-हजुरआमा र भर्खरै बप्तिस्मा लिएका व्यक्‍तिदेखि लिएर प्राचीनहरू सबैले कुनै पनि लाभदायी उद्देश्‍यको लागि आफूलाई चाहिएका सन्दर्भ सामग्रीहरू भेट्टाउन सक्छन्‌। (१ तिमो. ३:१५) गोठालो भेटको लागि तयारी गर्दा एक जना प्राचीन र सेवकाई सेवकले कसरी इन्डेक्स चलाउन सक्छन्‌ प्रदर्शन गरेर देखाउनुहोस्‌। निर्णयहरू गर्दा, भाषणहरू तयारी गर्दा र साप्ताहिक बाइबल पढाइलाई अझ इनामदायी बनाउन धर्मशास्त्रीय जानकारी खोज्न प्रकाशकहरूले कसरी इन्डेक्स चलाउन सक्छन्‌, छलफल गर्नुहोस्‌। मण्डलीले भर्खरै प्राप्त गरेका अनुसन्धानसम्बन्धी प्रकाशनहरूको सदुपयोग गर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

नोभेम्बर २२ मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

१० मि: स्थानीय आवश्‍यकताहरू।

२५ मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—भाग ३।”* दिइएका प्रश्‍नहरू चलाउनुहोस्‌। अनुच्छेद ३ छलफल गरिसकेपछि चाहनुहुन्छ पुस्तिकाको पाठ ५, अनुच्छेद १ बाट बाइबल अध्ययन गरेको एउटा छोटो प्रदर्शन समावेश गर्नुहोस्‌। अनुच्छेद पढिसकेको छ र जवाफ पनि दिइसकेको छ। सञ्चालक र विद्यार्थीले यशैया ४५:१८ र उपदेशक १:४ पढ्‌नुका साथै छलफल गर्छन्‌। छलफल गरिंदै गरेको बुँदासित दुवै पद कसरी सम्बन्धित छन्‌ भन्‍ने कुरा विद्यार्थीले बताउन सकोस्‌ भनेर सञ्चालकले सरल प्रश्‍नहरू सोध्छन्‌।

गीत २६ (२१२) र समापन प्रार्थना।

नोभेम्बर २९ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

१० मि: स्थानीय घोषणाहरू। सबैलाई नोभेम्बर महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्‌। नोभेम्बर ८ को ब्यूँझनुहोस्‌! (पत्रिका प्रस्तुति स्तम्भको तेस्रोचाहिं) अनि डिसेम्बर १ को प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ प्रदर्शन गरेर देखाउनुहोस्‌।

१५ मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

२० मि: पछि नहट्‌नेहरूले पाउने आशिष्‌। (हिब्रू १२:२५क) प्राचीनद्वारा भाषण। प्रचारकार्य सम्पूर्ण मसीहीहरूलाई दिइएको धर्मशास्त्रीय आदेश हो। (मत्ती २८:१९, २०. w-NP ०४ १/१ पृष्ठ ११-१२) मसीहीजगत्‌ यस जिम्मेवारीदेखि पछि हटेको छ। विश्‍वव्यापी वृद्धिले परमेश्‍वरले सेवकाईमा लागिरहनेहरूलाई आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुराको प्रमाण दिन्छ। दबाब तथा कठिन अवस्थाहरूले हामीलाई पछि हट्‌न लगाउन सक्छ। (लूका १४:१८-२०) सन्‌ २००२ अगस्त अंकको प्रहरीधरहरा-को पृष्ठ २९-३१ मा दिइएको याकूबको असल उदाहरण याद गर्नुहोस्‌। “यहोवाले आशिष्‌ दिनुहुने लगनशील प्रयत्न” उपशीर्षकअन्तर्गतको भाग स्थानीय तवरमा लागू गर्नुहोस्‌। प्रचारकार्यप्रतिको उत्साहलाई कायम राख्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत २० (९३) र समापन प्रार्थना।

डिसेम्बर ६ मा सुरु हुने हप्ता

गीत ६ (४५)

१० मि: स्थानीय घोषणाहरू। डिसेम्बर महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस्‌। सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्दा चलाउन सकिने एक वा दुईवटा प्रस्तुति प्रदर्शन गरेर देखाउनुहोस्‌।

२० मि: “के तपाईं मदत गर्न सक्नुहुन्छ?”b अरूले मदत वा प्रोत्साहन दिंदा कृतज्ञ भएका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌।

१५ मि: सेवा सभाबाट पूरापूर लाभ उठाउनुहोस्‌। आवर मिनिस्ट्री पुस्तक, पृष्ठ ७१-७२ मा आधारित श्रोताहरूसित छलफल। सेवा सभाले हामीलाई कुन-कुन पाँचवटा क्षेत्रमा मसीही सेवकहरूको हैसियतमा उन्‍नति गर्न मदत गर्छ? गत महिनाको कार्यक्रमबाट उदाहरणहरू बताउनुहोस्‌। अग्रिम तयारी गर्नुका लाभहरू के-के हुन्‌? किन नियमित रूपमा उपस्थित हुनुपर्छ? यस सभाको कस्तो धर्मशास्त्रीय आधार छ?

गीत २८ (२२४) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने