सेवा सभाको तालिका
फेब्रुअरी १३ मा सुरु हुने हप्ता
गीत २१ (१९१)
१० मि: स्थानीय घोषणा। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर फेब्रुअरी १ को प्रहरीधरहरा र जनवरी – मार्चको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रस्तुति चाहिं सार्वजनिक ठाउँमा प्रचार गरिरहेको देखाउनुहोस्।
१० मि: के तपाईं यहोवाको संगठन सँगसँगै हिंड्दै हुनुहुन्छ? यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित-को (अर्गनाइज्ड टु डु जेहोभाज् विल) पृष्ठ ७-१० मा आधारित भाषण।
२५ मि: “‘संसारको ज्योतितिर’ ध्यान खिच्नुहोस्।”a सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। सहायक अग्रगामी सेवा गर्न आवेदन फारम भरिसकेका भाइबहिनीहरूको नाउँ घोषणा गर्नुहोस्। क्षेत्र सेवाको थप प्रबन्धबारे बताउनुहोस्। सहायक अग्रगामी सेवाको लागि फेब्रुअरी २००५ को हाम्रो राज्य सेवकाई, पृष्ठ ५ मा दिइएको नमुना तालिकाबारे बताउनुहोस्।
गीत २८ (२२४) र समापन प्रार्थना।
फेब्रुअरी २० मा सुरु हुने हप्ता
गीत १८ (१६२)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: “प्रचार गर्ने मौका छोप्नुहोस्।”b चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेका एक प्रकाशकले कसरी प्रचार गर्ने मौका छोप्न सकेका छन्, सोध्नुहोस्।
२०: मि: “सजिलै पाइने मदत।”c प्राचीनले सञ्चालन गर्नुपर्छ। नोभेम्बर १९९८ र नोभेम्बर २००० अंकको हाम्रो राज्य सेवकाई-को प्रश्न पेटीबाट छोटो टिप्पणी गर्नुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
फेब्रुअरी २७ मा सुरु हुने हप्ता
गीत ८ (५३)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। प्रकाशहरूलाई फेब्रुअरीको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्। पृष्ठ ८ को सुझाव वा आफ्नो इलाकामा उपयुक्त हुने प्रस्तुतिहरू चलाएर मार्च १ अंकको प्रहरीधरहरा वा जनवरी – मार्चको ब्यूँझनुहोस्! प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्।
१० मि: स्थानीय आवश्यकताहरू।
२५ मि: बाइबलले सिकाउँछ किताब कसरी टक्य्राउने। मार्चमा यो नयाँ किताब प्रस्तुत गर्नेछौं। जनवरी २००६ को हाम्रो राज्य सेवकाई, पृष्ठ ३-६ का सुझावहरू पुनरावृत्ति गर्नुहोस् र स्थानीय इलाकामा उपयुक्त हुने प्रस्तुतिहरू प्रर्दशन गरेर पनि देखाउनुहोस्। यो नयाँ किताब चलाउँदा प्राप्त राम्रा-राम्रा अनुभव बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्। विशेष गरी बाइबल अध्ययन सुरु भएको अनुभव।
गीत १६ (१४३) र समापन प्रार्थना।
मार्च ६ मा सुरु हुने हप्ता
गीत ७ (५१)
१० मि: स्थानीय घोषणा। पर्चाहरू बोक्न सजिलो अनि आकर्षक पनि भएकोले घर-घर र सार्वजनिक ठाउँमा प्रचार गर्दा र अनौपचारिक साक्षी दिंदा ती पर्चाबाट कुराकानी थाल्न सजिलो हुन्छ। सबै दुःखकष्ट चाँडै अन्त हुनेछ! भन्ने नयाँ पर्चाबाट कसरी वार्तालाप थाल्ने, प्रर्दशन देखाउनुहोस्। पर्चाको पृष्ठ २ मा उद्धरित शास्त्रपदहरूमध्ये एउटा पद छलफल गर्नुहोस्।
१५ मि: “राम्ररी तयारी गरेर—चासो देखाऔं।”d बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्न दुई जना प्रकाशकहरू तयारी गरिरहेको छोटो प्रदर्शन देखाउनुहोस्। तिनीहरूले हाम्रो राज्य सेवकाई, जनवरी २००६ अंकको परिशिष्टबाट प्रस्तुति छान्छन् र त्यसलाई आफ्नै शब्दमा कसरी भन्ने र इलाका सुहाउँदो बनाउने, छलफल गर्छन्। लौ अब प्रस्तुति अभ्यास गरौं! भन्दै प्रदर्शन टुंग्याउनुपर्छ।
२० मि: “शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं।”e यस लेखमा उल्लेख गरिएका भिडियोबारे छलफल गर्नुहुँदा खोल देखाउनुहोस् र त्यहाँ भिडियोबारे छोटकरीमा बताइएको टिप्पणी पढ्नुहोस्। इलाकामा भिडियो चलाउँदा पाएका अनुभवहरू बताउन श्रोतालाई आग्रह गर्नुहोस्।—१९९७ यरबूक पृ. ५४ र १९९५ यरबूक पृ. ५०-५१, हेर्नुहोस्।
गीत २३ (२००) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तर गर्नुहोस्।