सेवा सभाको तालिका
मार्च १३ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर मार्च १ को प्रहरीधरहरा र जनवरी – मार्चको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्।
१५ मि: “छुडौतीको बलिदानबाट लाभ उठाउन अरूलाई मदत दिनुहोस्।”a मानिसहरूलाई स्मरणार्थमा निम्त्याउँदा बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ कसरी प्रयोग गर्न सकिन्छ, यसपछिको भागमा थप छलफल गरिनेछ।
२० मि: प्रभुको साँझको भोज—परमेश्वरको आदर गर्ने एउटा उत्सव। बाइबलले सिकाउँछ किताबको पृष्ठ २०६-२०८ मा आधारित प्रश्नोत्तर छलफल। सुरुको अनुच्छेद पढेर यो विषय घरधनीलाई कसरी बताउन सकिन्छ, एक मिनेटभित्रको परिचयमै देखाउनुहोस्। त्यसपछि अनुच्छेदहरू नपढी यी प्रश्नहरूको उत्तर दिन लगाउनुहोस्: (अनु. २) येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव कहिले सुरु गर्नुभयो? (अनु. ३) प्रभुको साँझको भोज वर्षको कति चोटि मनाउनुपर्छ? (अनु. ४) यस स्मरणार्थ उत्सवबारे बाइबलले के बताउँछ? (अनु. ५) येशूले रोटीलाई साँच्चै आफ्नो शरीरमा र दाखमद्यलाई साँच्चै आफ्नो रगतमा परिणत गर्नुभएन भनेर कसरी भन्न सक्छौं? (अनु. ६) खमिर नहालेको रोटी केको प्रतीक हो? (अनु. ७) रातो दाखमद्य केको प्रतीक हो? (अनु. ८) कसले मात्र ती रोटी खान्छन् र दाखमद्य पिउँछन्? (अनु. ९) हरेक वर्ष स्मरणार्थ उत्सव कहिले मनाइन्छ र हामी त्यसमा किन उपस्थित हुनुपर्छ? समयले भ्याएसम्म मुख्य शास्त्रपदहरू प्रकाश पार्नुहोस्। यो जानकारी आ-आफ्ना बाइबल विद्यार्थी र उनीहरूले स्मरणार्थमा बोलाएकाहरूसित अनुच्छेद पढ्दै, मुख्य बुँदाहरू छलफल गर्दै र यस भागमा दिइएका जस्तै सजिलो प्रश्नहरू सोध्दै छलफल गर्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत २८ (२२४) र समापन प्रार्थना।
मार्च २० मा सुरु हुने हप्ता
गीत १५ (१२७)
१० मि: स्थानीय घोषणा। “स्मरणार्थका सम्झौटाहरू” पेटीबाट मुख्य बुँदाहरू छलफल गर्नुहोस्।
२३ मि: परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिका। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज् विल) किताबको पृष्ठ १०-१३ मा आधारित भाषण। “ख्रीष्टको भूमिका के हो” उपशीर्षक अन्तर्गतका पहिलो दुई अनुच्छेद छलफल गर्दा स्मरणार्थ उत्सवमा निम्तो दिने तरिका बताउन र प्रदर्शन गरेर देखाउन तीन वा चार मिनेट लिनुहोस्। फेब्रुअरी २००६ अंकको हाम्रो राज्य सेवकाई, पृष्ठ ३, अनुच्छेद ३ का सुझावहरू पुनरावृत्ति गर्नुहोस्।
१२ मि: दिनहुँ धर्मशास्त्र जाँचेर बलियो भएका। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००६ पुस्तिकाको प्राक्कथनमा आधारित भाषण तथा प्रदर्शन। एउटा परिवारले दैनिक पद छलफल गर्दै टिप्पणीहरू गरिरहेको प्रदर्शन देखाउनुहोस्।
गीत ११ (८५) र समापन प्रार्थना।
मार्च २७ मा सुरु हुने हप्ता
गीत ६ (४५)
१५ मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई मार्चको रिपोर्ट बुझाउन सम्झाउनुहोस्। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अप्रिल १ को प्रहरीधरहरा र अप्रिल – जूनको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। दुइटै प्रदर्शनको अन्तमा प्रकाशकले पत्रिकाहरूको अन्तिम पृष्ठमा भएको स्मरणार्थको लेख देखाउँदै घरधनीलाई स्मरणार्थ उत्सवमा निम्त्याएको देखाउनुहोस्। स्मरणार्थ उत्सवमा जिज्ञासुहरूलाई निम्त्याउन कसरी निमन्त्रणा पर्ची चलाउन सकिन्छ, त्यो पनि देखाउनुहोस्।
१० मि: के परमेश्वरले आफ्नो अधिकार गुमाइसक्नुभयो? अप्रिल १, २००६, प्रहरीधरहरा-को पृष्ठ ३१ को लेखमा आधारित भाषण तथा प्रदर्शन। मानिसहरूलाई विशेष जनभाषणमा बोलाउन हर मौकाको सदुपयोग गर्नुहोस्। सबै बाइबल अध्ययनहरू र तिनीहरूका परिवारका सदस्यहरूलाई पनि बोलाउन नबिर्सनुहोस्। यो विशेष निमन्त्रणा चिनेका जिज्ञासु व्यक्तिहरू र क्षेत्र सेवकाईमा भेटेका अन्य व्यक्तिहरूलाई दिनुपर्छ। निष्क्रिय भएका वा सभामा आउन छाडेकाहरूलाई निमन्त्रणा दिन अप्रिल १ अंकको प्रहरीधरहरा कसरी चलाउन सकिन्छ, प्रदर्शन गरेर देखाउनुहोस्।
२० मि: स्थानीय अनुभवहरू। मार्च महिनामा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्दा प्राप्त अनुभवहरू बताउन श्रोताहरूलाई आमन्त्रित गर्नुहोस्। यस किताबबाट सुरु भइसकेका बाइबल अध्ययनहरूबारे बताउनुहोस्। एक/दुइटा राम्रा अनुभवहरू पुनः अभिनय गरेर देखाउन सकिन्छ।
गीत २१ (१९१) र समापन प्रार्थना।
अप्रिल ३ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१५ मि: स्थानीय घोषणा। “बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्ययनबाट मजा लिनुहोस्” लेख छोटकरीमा पुनरावृत्ति गर्नुहोस्। यो लेख फेब्रुअरी २००६, हाम्रो राज्य सेवकाई-को पृष्ठ ६ मा छ। बाइबलले सिकाउँछ किताबको अध्ययन तालिकाप्रति श्रोताको ध्यान खिच्नुहोस्। जिज्ञासुहरूलाई स्मरणार्थ उत्सवमा निम्त्याउन कसरी निमन्त्रणा पर्ची चलाउने, त्यो पनि देखाउनुहोस्।
१० मि: स्थानीय घोषणा।
२० मि: “नम्रहरूलाई परमेश्वरको मार्गमा हिंड्न प्रशिक्षण दिनुहोस्।”b जुलाई १, २००४, प्रहरीधरहरा, पृष्ठ १६, अनुच्छेद ९ बाट पनि टिप्पणी गर्नुहोस्।
गीत २० (९३) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न-उत्तरद्वारा छलफल गर्नुहोस्।