प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 मे पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • मे ८ मा सुरु हुने हप्ता
  • मे १५ मा सुरु हुने हप्ता
  • मे २२ मा सुरु हुने हप्ता
  • मे २९ मा सुरु हुने हप्ता
  • जून ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 मे पृ. २

सेवा सभाको तालिका

मे ८ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर मे १ को प्रहरीधरहरा र अप्रिल - जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा, अप्रिल १ र मे १ को प्रहरीधरहरा र अप्रिल - जूनको ब्यूँझनुहोस्‌! आफ्नो पत्रिका रुटमा अप्रिल १ को प्रहरीधरहरा नपाएको व्यक्‍तिलाई प्रस्तुत गरेको देखाउनुहोस्‌। यी पत्रिकामध्ये एक पत्रिकाबाट मात्र कुराकानी गरेको देखाउनुहोस्‌। प्रकाशकहरूले पत्रिका रुट कायम भएको व्यक्‍तिसित महिनाको एक/दुई पटक भेट्‌न सक्छन्‌।

२० मि: “मेरो पछि लागिरहो”a उदाहरणीय प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌ जसले राज्य गतिविधिमा अझ बढी ध्यान दिन र अरूको सेवा गर्न, जीवन सरल बनाउन अनि आफ्नो इच्छा-आकांक्षालाई त्याग्न प्रयास गरेका छन्‌। यसो गर्दा उनले कस्तो आशिष्‌ पाए, बताउन लगाउनुहोस्‌।

१५ मि: स्थानीय अनुभवहरू। मार्च र अप्रिल महिनाको दौडान सेवकाईमा जोडतोडले भाग लिंदा प्राप्त भएका राम्रा अनुभवहरू श्रोतालाई भन्‍न लगाउनुहोस्‌। बाइबल अध्ययन सुरु गर्दा र नयाँ व्यक्‍तिहरूलाई स्मरणार्थमा आउन मदत गर्दा प्राप्त नतिजाहरू बताउनुहोस्‌। एक वा दुई राम्रा अनुभवहरू पुनः अभिनय गरेर देखाउन सकिन्छ।

गीत २१ (१९१) र समापन प्रार्थना।

मे १५ मा सुरु हुने हप्ता

गीत २२ (१३०)

१० मि: स्थानीय घोषणा। मे २९ को हप्तामा हुने सेवा सभामा छलफल गर्नको लागि नूह—उनी परमेश्‍वर सँगसँगै हिंडे (नोवा—ही वक्ड विथ गड) भिडियो हेर्न सबैलाई प्रोत्साहन दिनुहोस्‌।

१० मि: ख्रीष्टको नेतृत्वमा एकजूट भएर काम गर्ने। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) किताबको पृष्ठ १३-१५ मा भएको “ख्रीष्टको भूमिका स्वीकार्नुहोस्‌” उपशीर्षकमा आधारित भाषण।

२५ मि: “राज्यभवन निर्माण—पवित्र सेवाको एउटा महत्त्वपूर्ण पक्ष।”* अनुच्छेद २ छलफल गर्दा एप्लिकेसन फर किङ्‌डम हल कन्सट्रक्सन भलिन्टियर प्रोग्राम (A-25) फाराम देखाउनुहोस्‌ र त्यो फाराम कसरी पाउन सकिन्छ, बताउनुहोस्‌। राज्यभवन निर्माण वा जीर्णोद्वार काममा सहभागी भएका केही भाइहरूको अन्तरवार्ता लिनुहोस्‌।

गीत ३ (३२) र समापन प्रार्थना।

मे २२ मा सुरु हुने हप्ता

गीत २३ (२००)

१२ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ८ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जून १ को प्रहरीधरहरा र अप्रिल - जूनको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। यी प्रदर्शन, एउटा परिवारले प्रस्तुति तयारी गरिरहेको रूपमा देखाउनुहोस्‌।

१५ मि: “शिष्ट भएर—चासो देखाऔं।”b

१८ मि: राम्रो व्यक्‍तिगत रूप। मिनिस्ट्री स्कूल पुस्तकको पृष्ठ १३१-१३३ मा आधारित श्रोतासित छलफल। पहिरन र कोरीबाटीबारे त्यहाँ दिइएका पाँचवटा सिद्धान्त छलफल गर्नुहोस्‌। सभामा आउँदा कस्तो पहिरनमा आउनुपर्छ, बाइबल विद्यार्थीलाई बुझाउन यी विषयवस्तु ढंग पुऱ्‍याएर चलाउन सक्छौं भनी बताउनुहोस्‌।

गीत ११ (८५) र समापन प्रार्थना।

मे २९ मा सुरु हुने हप्ता

गीत २५ (२०४)

१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई मे महिनाको क्षेत्र सेवा रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌।

१० मि: जून महिनामा परमेश्‍वरको उपासना किताब प्रस्तुत गर्नुहोस्‌। जनवरी २००५ अंकको हाम्रो राज्य सेवकाई-को परिशिष्टमा दिइएका सुझाव वा आफ्नो इलाका सुहाउँदो अन्य प्रस्तुति चलाएर एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ किताब कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। समयले भ्याएमा, यो किताब क्षेत्रमा चलाउँदा वा आफ्नै परिवारमा चलाउँदा प्राप्त राम्रो नतिजा बताउन श्रोतालाई आमन्त्रित गर्नुहोस्‌।

२५ मि: “जवान, वृद्ध सबैका लागि राम्रो नमुना।” एक मिनेटभित्र परिचय दिएर दोस्रो अनुच्छेदमा दिइएका प्रश्‍नहरू चलाउँदै नोवा भिडियोको क्वीज श्रोतासित छलफल गर्न थालिहाल्नुहोस्‌। यस “लर्निङ एक्टिभिटिज्‌” अर्थात्‌ सिक्ने क्रियाकलापमा भाग लिएर परिवारहरूले कत्तिको फाइदा उठाए, बताउन लगाउनुहोस्‌। त्यसपछि, तेस्रो अनुच्छेदको प्रश्‍न र शास्त्रपद छलफल गर्नुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

जून ५ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणा।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: पुनःभेट गर्न कसरी सफल हुन सक्छौं? नोभेम्बर १५, २००३ अंकको प्रहरीधरहरा पृष्ठ १६ को पेटी चलाएर श्रोतासित छलफल। त्यहाँ दिइएका सातै वटा सुझाव छलफल गर्नुहोस्‌ अनि ती आफ्नो इलाकामा कसरी चलाउन सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। हाम्रो प्रकाशन स्वीकार्ने वा चासो देखाउने सबैसित बाइबल अध्ययन थाल्ने लक्ष्य राखेर पुनःभेट गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्‌। पुनःभेट गर्दा बाइबल अध्ययनको प्रस्ताव कसरी राख्न सकिन्छ, जनवरी २००६ अंकको हाम्रो राज्य सेवकाई-को पृष्ठ ६ का सुझावहरू चलाएर प्रदर्शन देखाउनुहोस्‌।

गीत ९ (३७) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने