प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जुलाई पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००६
  • उपशीर्षकहरू
  • जुलाई १० मा सुरु हुने हप्ता
  • जुलाई १७ मा सुरु हुने हप्ता
  • जुलाई २४ मा सुरु हुने हप्ता
  • जुलाई ३१ मा सुरु हुने हप्ता
  • अगस्त ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००६
km06 जुलाई पृ. २

सेवा सभाको तालिका

जुलाई १० मा सुरु हुने हप्ता

गीत २ (१५)

१० मि: स्थानीय घोषणा। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जुलाई १ को प्रहरीधरहरा र जुलाई - सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। एउटा प्रदर्शनमा, “हामी पनि मसीहीहरू हौं” भन्‍ने वार्तालाप बाधकलाई कसरी जवाफ दिन सकिन्छ देखाउनुहोस्‌।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने, पृष्ठ ११ हेर्नुहोस्‌।

१५ मि: मण्डलीको व्यवस्थापन र सञ्चालन, कसरी? यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल) किताबको अध्याय ४ मा आधारित भाषण र श्रोतासित छलफल।

२० मि: “यहोवाका अतुलनीय गुणहरूप्रति कृतज्ञ हुन मदत दिनुहोस्‌।”a बाइबलले सिकाउँछ किताबको अध्याय १ को अन्तमा दिइएको पुनरावृत्ति पेटीका बुँदाहरूमा बाइबल विद्यार्थीलाई मनन गर्न मदत दिनको लागि लेखमा दिइएका जस्तै प्रश्‍नहरू कसरी चलाउन सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ६ (४५) र समापन प्रार्थना।

जुलाई १७ मा सुरु हुने हप्ता

गीत ८ (५३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। अगस्त १५, २००० अंकको प्रहरीधरहरा, पृष्ठ ३२ छोटकरीमा छलफल गर्नुहोस्‌। बिदाको बेला वा आफ्नो सामान्य दिनचर्याभन्दा बेग्लै अवस्थामा हुँदा पनि नियमित बाइबल पढाइ तालिकालाई कायम राख्नुका फाइदाहरू बताउनुहोस्‌।

१५ मि: प्रेम र नम्रता—सेवकाईको लागि अत्यावश्‍यक गुण। अगस्त १५, २००२ को प्रहरीधरहरा, पृष्ठ १८-२०, अनुच्छेद १३-२० मा आधारित भाषण।

२० मि: “हाम्रा ‘आनन्दित परमेश्‍वर’ यहोवाको अनुकरण गर्नुहोस्‌।”b खुसी र सकारात्मक भई आफ्नो इलाकामा प्रचार गर्न कुन कुराले मदत गर्छ, श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

गीत ४ (४३) र समापन प्रार्थना।

जुलाई २४ मा सुरु हुने हप्ता

गीत २९ (२२२)

१५ मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर अगस्त १ को प्रहरीधरहरा र जुलाई - सेप्टेम्बरको ब्यूँझनुहोस्‌! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्‌। प्रत्येक प्रदर्शनपछि घरधनीको चासो जगाउन चलाइएको परिचय फेरि उल्लेख गर्नुहोस्‌।

१० मि: “तिनीहरूले विश्‍वासीपनको नमुना बसालेका छन्‌।” भाषण र यस भाषणमा विशेष अग्रगामीहरूको एक दुइटा अनुभव हाम्रा प्रकाशनहरूबाट बताउनुहोस्‌ वा मण्डलीमा सेवा गरिरहेका विशेष अग्रगामीहरूको अन्तरवार्ता लिनुहोस्‌।—वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स-मा “विशेष अग्रगामी” भन्‍ने शीर्षक अन्तर्गत हेर्नुहोस्‌।

२० मि: स्थिर र अटल बस्नुहोस्‌। (१ कोरि. १५:५८) धेरै वर्षदेखि विश्‍वासीपूर्वक सेवा गरिरहेका दुई वा तीन जना प्रकाशक वा अग्रगामीको अन्तरवार्ता लिनुहोस्‌। उनीहरूले सच्चाइ कसरी सिके? सुरु-सुरुमा उनीहरूले प्रचारकार्य कसरी गर्थे? उनीहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो? साँचो उपासनामा स्थिर रहँदा कस्ता आशिष्‌हरू पाएका छन्‌?

गीत ९ (३७) र समापन प्रार्थना।

जुलाई ३१ मा सुरु हुने हप्ता

गीत २० (९३)

१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई जुलाई महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्‌। अगस्त महिनामा प्रस्तुत गर्ने साहित्य कुन हो बताउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “असल बानी बसाल्नुहोस्‌ र प्रचुर आशिष्‌ पाउनुहोस्‌।”c असल आध्यात्मिक तालिका पछ्याउन र कायम राख्न के-कस्ता प्रयासहरू गरेका छन्‌ र त्यसबाट कस्ता आशिष्‌हरू पाएका छन्‌, श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌।

गीत २२ (१३०) र समापन प्रार्थना।

अगस्त ७ मा सुरु हुने हप्ता

गीत ४ (४३)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-मा दिइने नमुना प्रस्तुतिहरू कसरी इलाका सुहाउँदो बनाउन सकिन्छ छोटकरीमा पुनरावृत्ति गर्नुहोस्‌।—जनवरी २००५, हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

१५ मि: प्रेम र सुकर्ममा उत्तेजित गराउने सभाहरू। मार्च १५, २००२ अंकको प्रहरीधरहरा, पृष्ठ २४-२५ मा आधारित भाषण। सभाहरूमा नियमित उपस्थित हुन के-कस्ता प्रयासहरू गरेका छन्‌ र त्यसबाट कस्तो आशिष्‌ पाएका छन्‌, एक जना प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌।

२० मि: प्रगतिशील र परिस्थितिअनुसार छाँटकाँट गर्ने प्रचारक हुनुहोस्‌। डिसेम्बर १, २००५ अंकको प्रहरीधरहरा, पृष्ठ २८-३० मा आधारित भाषण र श्रोतासित छलफल। अनुच्छेद ६-११ को छलफलमा, पावल प्रचार गर्ने र सिकाउने काममा भाग लिंदा कसरी ध्यान दिएर सुन्थे, परिस्थितिअनुसार छाँटकाँट गर्न इच्छुक हुन्थे र नयाँ परिस्थितिको सामना गर्न नयाँ-नयाँ तरिकाहरू अपनाउँथे भन्‍ने कुरामा जोड दिनुहोस्‌। त्यसपछि श्रोतालाई अनुच्छेद १२-१४ का प्रश्‍नहरूमा टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्‌ र टिप्पणी गर्दा ती कुराहरू आफ्नो इलाकामा पनि कसरी लागू हुन्छ, बताउन लगाउनुहोस्‌। घरधनीको आवश्‍यकता, परिस्थिति र सामाजिक पृष्ठभूमिलाई विचार गरेर त्यसैअनुसार प्रकाशकले आफ्नो प्रस्तुति कसरी ढाल्न सक्छन्‌, प्रदर्शनमा देखाउनुहोस्‌।

गीत १७ (१८७) र समापन प्रार्थना।

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तरद्वारा छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने