सेवा सभाको तालिका
जनवरी ८ मा सुरु हुने हप्ता
गीत ९ (३७)
१० मि: स्थानीय घोषणा। जनवरी २२ मा सुरु हुने हप्ताको सेवा सभामा हुने छलफलको लागि सबैलाई नो ब्लड—मेडिसिन मिट्स द च्यालेन्ज भिडियो हेर्न प्रोत्साहन दिनुहोस्। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर जनवरी १ को प्रहरीधरहरा र जनवरी – मार्च अंकको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, “म व्यस्त छु” भनेर कुराकानी रोक्न खोज्नेलाई के भन्न सकिन्छ, देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ११ हेर्नुहोस्।
१५ मि: दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकाबाट लाभ उठाउनुहोस्। दिनहुँ धर्मशास्त्र जाँच्ने—२००७ को प्राक्कथनमा आधारित भाषण र श्रोतासित छलफल। हरेक दिन बाइबलको पद र टिप्पणी विचार गर्न सबैले केही मिनेट छुट्याउनुपर्ने खाँचोबारे छलफल गर्नुहोस्। दैनिक पद पढ्ने तालिका र यसबाट कसरी लाभ उठाएका छन् भनी टिप्पणी गर्न लगाउन पहिल्यै एक दुई जनालाई तयार गर्नुहोस्। सन् २००७ को वार्षिक पद छोटकरीमा छलफल गरेर टुंग्याउनुहोस्।
२० मि: सबैलाई सुसमाचार सुनाउनुहोस्। यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित (अर्गनाइज्ड टु डु जेहोभाज् विल) किताबको पृष्ठ ९२ देखि पृष्ठ १०२ को उपशीर्षक सम्ममा (परिशिष्टको पृष्ठ ३-६) आधारित भाषण र श्रोतासित छलफल।
गीत २० (९३) र समापन प्रार्थना।
जनवरी १५ मा सुरु हुने हप्ता
गीत ११ (८५)
१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।
१५ मि: के तपाईंलाई कुनै कुराले रोकिरहेको छ? अप्रिल १, २००२ प्रहरीधरहरा-को पृष्ठ १३-१५ मा आधारित विषयवस्तुमा प्राचीनद्वारा भाषण।
२० मि: “मलाई चासो छैन।”a अनुच्छेद ४ छलफल गर्दा हाम्रो इलाकाका मानिसहरूलाई चासो लाग्ने विषयहरू के-के हुन् भनेर सोध्नुहोस्। दुइटा छोटो प्रदर्शनमा, “मलाई चासो छैन” भनेर कुराकानी रोक्न खोज्नेलाई के भन्न सकिन्छ, देखाउनुहोस्।—कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाको पृष्ठ ८ हेर्नुहोस्।
गीत ६ (४५) र समापन प्रार्थना।
जनवरी २२ मा सुरु हुने हप्ता
गीत २८ (२२४)
१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्नुहोस्। पृष्ठ ४ का सुझावहरू वा इलाका सुहाउँदो अन्य प्रस्तुतिहरू चलाएर फेब्रुअरी १ को प्रहरीधरहरा र जनवरी – मार्च अंकको ब्यूँझनुहोस्! कसरी प्रस्तुत गर्ने, प्रदर्शन देखाउनुहोस्। एउटा प्रदर्शनमा, पत्रिका रुटको व्यक्तिलाई पुनःभेट गरेको देखाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
२५ मि: “उच्चस्तरीय स्वास्थ्योपचार के हो?” यो भाग प्राचीनले सञ्चालन गर्नुपर्छ। लेखमा दिइएका प्रश्नहरू चलाएर श्रोतासित नो ब्लड भिडियोबारे छलफल थाल्नुहोस्। अन्तिम अनुच्छेद पढेर टुंग्याउनुहोस् अनि यस लेखमा उद्धृत प्रहरीधरहरा-का लेखहरू फेरि ध्यान दिएर पढ्न सबैलाई प्रोत्साहन दिनुहोस्।
गीत ४ (४३) र समापन प्रार्थना।
जनवरी २९ मा सुरु हुने हप्ता
गीत १ (१३)
१० मि: स्थानीय घोषणा। प्रकाशकहरूलाई जनवरी महिनाको क्षेत्र सेवा रिपोर्ट बुझाउन सम्झाउनुहोस्। जनवरीमा कुन साहित्य प्रस्तुत गर्ने हो, सो बताउनुहोस् र एउटा प्रदर्शन गरेर देखाउनुहोस्।
२० मि: “के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ?”b यो भाग प्राचीनले सञ्चालन गर्नुपर्छ। नोभेम्बर २००५ हाम्रो राज्य सेवकाई पृष्ठ ३ का टिप्पणीहरू समावेश गर्नुहोस्।
१५ मि: फेरि आउँछु भनेर वचन दिएपछि, आफ्नो वचन पूरा गर्नुहोस्। सेप्टेम्बर १५, १९९९ प्रहरीधरहरा-को पृष्ठ ११ मा आधारित भाषण र श्रोतासित छलफल। वचन दिएअनुसारै फेरि जाँदा कस्तो राम्रो परिणाम प्राप्त भयो भनेर श्रोतालाई अनुभव बताउन लगाउनुहोस्।
गीत ११ (८५) र समापन प्रार्थना।
फेब्रुअरी ५ मा सुरु हुने हप्ता
गीत १६ (१४३)
१० मि: स्थानीय घोषणा।
१५ मि: म यहोवाको साक्षी हुँ। भाषण र श्रोतासित छलफल। कोही-कोही जवानहरू साथीभाइले जिस्काउलान् भन्ने डरले गर्दा आफू यहोवाको साक्षी हुँ भनेर चिनाउन हिचकिचाउँछन्। तर आफूलाई यहोवाको साक्षी भनेर चिनाउनुका फाइदाहरू छन्। तपाईंको विश्वासबारे शिक्षकहरूलाई थाह छ भने त्यसको कदर गर्न सक्छन् अनि तपाईंको सिद्धान्त विपरीत काममा भाग लिन जबरजस्ती गर्नेछैनन्। सही नैतिक सिद्धान्त नभएका जवानहरूले तिनीहरूको दुराचरणमा सहभागी हुन तपाईंलाई हतपत कर गर्नेछैनन्। डेटिङ, स्कूलको खेलकूद, अतिरिक्त क्रियाकलाप वा अन्य गतिविधिमा भाग नलिने तपाईंको निर्णय बुझ्नेछन्। स्कूलमा साथीलाई प्रचार गर्न वा प्रचार गर्ने इलाकामा क्लासको साथी भेटिएला कि भनेर मनमा त्यति ढुकढुक पनि हुनेछैन। (g-NP०२ ४/८ पृ. १०) स्कूलमा आफू यहोवाको साक्षी भनेर चिनाउँदा कस्तो फाइदा भयो भनी प्रकाशकहरूलाई टिप्पणी गर्न लगाउनुहोस्। एक-दुइटा टिप्पणी पहिल्यै तयारी गर्न सकिन्छ।
२० मि:“फलदायी सेवकाईको लागि प्रेम नभई हुँदैन।” फेब्रुअरी १, २००३ प्रहरीधरहरा, पृष्ठ २३, अनुच्छेद १६-१७ को टिप्पणी समावेश गर्नुहोस्।
गीत १७ (१८७) र समापन प्रार्थना।
[फुटनोटहरू]
a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।
b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्न उत्तरद्वारा छलफल गर्नुहोस्।