प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 फेब्रुअरी पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • फेब्रुअरी ११ मा सुरु हुने हप्ता
  • फेब्रुअरी १८ मा सुरु हुने हप्ता
  • फेब्रुअरी २५ मा सुरु हुने हप्ता
  • मार्च ३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 फेब्रुअरी पृ. २

सेवा सभाको तालिका

फेब्रुअरी ११ मा सुरु हुने हप्ता

गीत ८ (५३)

८ मि: स्थानीय घोषणा। पृष्ठ १२ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर फेब्रुअरीको प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌।

१५ मि: “हाम्रा इलाकामा को योग्य छन्‌, खोज्नुहोस्‌।”a अनुच्छेद ३ छलफल गरिसकेपछि एउटा प्रदर्शनी देखाउनुहोस्‌। उक्‍त प्रदर्शनीमा प्रकाशकले घरधनीसित साधारण कुरा गरेर घरधनीको चासो कुन कुरामा छ, पत्ता लगाउँछन्‌ र एउटा बाइबल पद देखाउँछन्‌।

२२ मि: “सुसमाचारको साक्षी दिनुहोस्‌।”b (अनु. १ देखि १० सम्म) यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। अति व्यस्त भए पनि वा अशक्‍त भए पनि विगत एक वर्षभित्र सहायक अग्रगामी सेवा गरेका एक-दुई जना भाइबहिनीको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले कसरी सहायक अग्रगामी सेवा गर्न सके? तिनीहरूले के-कस्ता आनन्द अनुभव गरे? अनुच्छेद ७ छलफल गर्दा मार्च, अप्रिल र मे महिनामा क्षेत्र सेवाको प्रबन्ध कसरी गरिनेछ, सो बताउनुहोस्‌।

गीत ९ (३७)

फेब्रुअरी १८ मा सुरु हुने हप्ता

गीत ७ (५१)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ १२ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर मार्च १ को प्रहरीधरहरा प्रस्तुत गर्ने तरिका देखाउनुहोस्‌।

१५ मि: स्थानीय आवश्‍यकता।

२० मि: “सुसमाचारको साक्षी दिनुहोस्‌।”c (अनु. ११ देखि १७ सम्म) स्मरणार्थमा निम्तो दिने विशेष पर्चा उपलब्ध छ भने अनुच्छेद १४ छलफल गर्दा उपस्थित सबैलाई एक-एकवटा दिनुहोस्‌। मण्डलीको सबै इलाकामा निम्तो बाँड्‌न के-कस्तो प्रबन्ध गरिएको छ, सो बताउनुहोस्‌।

गीत १७ (१८७)

फेब्रुअरी २५ मा सुरु हुने हप्ता

गीत २६ (२१२)

१० मि: स्थानीय घोषणा। फेब्रुअरी महिनाको क्षेत्र सेवाको रिपोर्ट दिन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। लेखा रिपोर्ट र अनुदान बुझिलिएको पत्र पढ्‌नुहोस्‌। परिवारको सदस्य वा छिमेकीलाई स्मरणार्थको निम्तो पर्चा दिएको एउटा प्रदर्शनी देखाउनुहोस्‌।

२० मि: “कृतज्ञतासाथ छुटकाराको बलिदानलाई सम्झने।”d समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोताहरूलाई आग्रह गर्नुहोस्‌।

१५ मि: नयाँ व्यक्‍तिहरूलाई प्रचारक हुन मदत दिनुहोस्‌। एक मिनेटभन्दा छोटो परिचय दिंदै डिसेम्बर १, २००५ को प्रहरीधरहरा पृष्ठ ३१ बाट छलफल गर्नुहोस्‌। त्यहाँ दिइएकै प्रश्‍नहरू सोध्नुहोस्‌। अनुच्छेद १८ छलफल गरिसकेपछि अनुभवी प्रकाशकसित प्रचारमा गएका नयाँ प्रकाशकको एउटा प्रदर्शनी देखाउनुहोस्‌। उक्‍त प्रदर्शनीमा घरधनीले आपत्ति जनाउँछन्‌ र नयाँ प्रकाशक जवाफ दिन खोज्छन्‌। तर तिनको जवाफ चित्तबुझ्दो नभएकोले घरधनी कुरा सुन्‍नै चाहँदैनन्‌। त्यो घरबाट निस्केपछि अनुभवी प्रकाशकले नयाँ प्रकाशकको प्रयासको प्रशंसा गर्छन्‌। त्यसपछि कसरी बाइबलबारे छलफल शुरु गर्ने तथा कायम राख्ने पुस्तिकाबाट वार्तालाप बाधकहरूलाई जवाफ दिने तरिका देखाउँछन्‌।

गीत ६ (४५)

मार्च ३ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा। “स्मरणार्थ उत्सवका बेला ध्यान दिनुपर्ने कुराहरू”-बाट मुख्य-मुख्य बुँदा पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न सक्नुहुन्छ? जुलाई १५, २००३ को प्रहरीधरहरा पृष्ठ २० मा आधारित भाषण र छलफल। अर्गनाइज्ड पुस्तकको पृष्ठ १११ अनुच्छेद १ देखि पृष्ठ ११२ को अनुच्छेद १ बाट (हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ३ को “आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्ने” उपशीर्षक हेर्नुहोस्‌।) केही बताउनुहोस्‌। आवश्‍यकता बढी भएको ठाउँमा सरेका प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले कस्ता समस्या सामना गरे? कस्ता आशिष्‌ पाए? आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न सक्ने योग्य प्रकाशकहरू अहिले यस देशमा चाहिएको छ। यो कुरालाई प्रार्थनापूर्वक विचार गर्न भाइबहिनीलाई प्रोत्साहन दिनुहोस्‌। हाम्रो राज्य सेवकाई जुलाई २००७ को अंकमा भएको घोषणा हेर्नुहोस्‌।

२० मि: “अटल विश्‍वासको प्रमाण!”e यो भाग सेवा निरीक्षकले सञ्चालन गर्नुपर्छ। गत सेवा वर्षमा मण्डलीले हासिल गरेका सकारात्मक परिणामको पुनरावलोकन गर्दै छलफल समापन गर्नुहोस्‌।

गीत २० (९३)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

e एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने