प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km08 मे पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२००८
  • उपशीर्षकहरू
  • मे १२ मा सुरु हुने हप्ता
  • मे १९ मा सुरु हुने हप्ता
  • मे २६ मा सुरु हुने हप्ता
  • जून २ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२००८
km08 मे पृ. २

सेवा सभाको तालिका

मे १२ मा सुरु हुने हप्ता

गीत २८ (२२४)

१० मि: स्थानीय घोषणा। हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर मे १ को प्रहरीधरहरा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौं! प्रहरीधरहरा, जून १५, २००५, पृष्ठ ३०-३१ मा आधारित भाषण। कुनै खास परीक्षा सहन यहोवाले कसरी मदत गर्नुभयो, पहिल्यै छानिएका प्रकाशकहरूलाई टिप्पणी गर्न लगाउनुहोस्‌।

२० मि: गर्मीमा सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ कि? श्रोतासँग छलफल। अग्रगामी सेवा गर्न आवश्‍यक योग्यताबारे हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ को दोस्रो लहरको दोस्रो अनुच्छेदसम्म पुनरावलोकन गर्नुहोस्‌। (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११२-११३) जागिरेहरूले बिदा लिएर सहायक अग्रगामी सेवा गर्दा पाएको आशिष्‌बारे टिप्पणी गर्न लगाउनुहोस्‌। स्कूल बिदा भएको बेला सहायक अग्रगामी सेवा गर्दा अरूले कसरी मदत गरे अनि प्रोत्साहन दिए बताउन लगाउनुहोस्‌। सहायक अग्रगामी सेवा गरेकोले तिनीहरू कसरी यहोवासित अझ नजिक हुन सके? तिनीहरूले कस्तो आनन्द पाए? आगामी गर्मी महिनामा अग्रगामी सेवा गर्न योग्य सबैलाई प्रोत्साहन दिनुहोस्‌।

गीत १७ (१८७)

मे १९ मा सुरु हुने हप्ता

गीत ११ (८५)

१० मि: स्थानीय घोषणा। प्रश्‍न पेटी पुनरावलोकन गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

२५ मि: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, त्यो जान्‍नुहोस्‌।”a यसलाई प्राचीनले सञ्चालन गर्नुपर्छ। इलाकामा मानिसहरूले अक्सर आपत्ति जनाउने विषयमा विचार पुऱ्‍याएर शब्द-चयन गर्दै जवाफ दिएको प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

गीत ७ (५१)

मे २६ मा सुरु हुने हप्ता

गीत ४ (४३)

१० मि: स्थानीय घोषणा। लेखा रिपोर्ट। अनुदान बुझिलिएको पत्र पढेर सुनाउनुहोस्‌। मे महिनाको क्षेत्र सेवाको रिपोर्ट बुझाउन प्रकाशकहरूलाई सम्झाउनुहोस्‌। पृष्ठ ४ मा दिइएको सुझावअनुसार अथवा तपाईंको इलाकामा चलाउन सुहाउने किसिमको बनाएर जून १ को प्रहरीधरहरा प्रस्तुत गरेको प्रदर्शन देखाउनुहोस्‌।

१५ मि: “मेरो जुवा तिमी आफैले बोक।”b समयले भ्याउँछ भने उल्लिखित पदहरूबाट टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्‌।

२० मि: “धन-सम्पत्ति तपाईंको हुन सक्छ!”c नियमित अग्रगामी सेवा गर्न आवश्‍यक योग्यताबारे हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ४ को दोस्रो लहरको तेस्रो अनुच्छेदबाट टिप्पणी गर्नुहोस्‌। (अर्गनाइज्ड पुस्तक, पृष्ठ ११३-११४) सेप्टेम्बर १ देखि नियमित अग्रगामी सेवा गर्न चाहनेहरूलाई छिट्टै फाराम बुझाउन प्रोत्साहन दिनुहोस्‌।

गीत २१ (१९१)

जून २ मा सुरु हुने हप्ता

गीत २७ (२२१)

१० मि: स्थानीय घोषणा।

२० मि: विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ। (हितो. २८:२०, NRV) भाषण र श्रोतासँग छलफल। यसलाई मण्डलीको सचिवले सञ्चालन गर्नुपर्छ। मार्च, अप्रिल र मे महिनामा सेवाको काममा अझ बढी गर्न मण्डलीले गरेको प्रयासमा यहोवाले कस्तो आशिष्‌ दिनुभयो, छोटकरीमा बताउनुहोस्‌। कति जनाले सहायक अग्रगामी सेवा गरे, कतिवटा नयाँ बाइबल अध्ययन सुरु भयो आदिलगायत क्षेत्रमा प्राप्त गर्न सकिएका अन्य राम्रा पक्षबारे बताउनुहोस्‌। स्मरणार्थमा र निम्तोपर्ची वितरण गर्दा बटुलेका अनुभव बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌। उल्लेखनीय अनुभवहरू पुनःअभिनय गरेर देखाउन सकिन्छ। सहायक अग्रगामी सेवा गरेर कस्ता आशिष्‌ पाए भन्‍नेबारे दुई-तीन जनाको अन्तरवार्ता लिनुहोस्‌।

१५ मि: “हरेक असल काममा तत्पर रहनू।”d घर-घरको प्रचारमा जानअघि कसरी र कहिले तयारी गर्छन्‌, श्रोतालाई बताउन लगाउनुहोस्‌।

गीत ५ (४६)

[फुटनोटहरू]

a एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

b एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

c एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न उत्तर गर्दै छलफल गर्नुहोस्‌।

d एक मिनेटभन्दा छोटो परिचय दिएर प्रश्‍न-उत्तर गर्दै छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने