ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अगस्त २५, २००८ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछन्। स्कूल निरीक्षकले जुलाई ७ देखि अगस्त २५, २००८ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
वक्तृत्व कला
१. भाषणमा सुसंगत विकास कसरी प्राप्त गर्न सकिन्छ? [ht-NP पृ. ५३, अनु. २-३]
२. तर्कहरू प्रस्तुत गर्नुअघि कसरी उचित जग बसाल्न सक्नुहुन्छ? [ht-NP पृ. ५८, अनु. ३-५]
३. पावलले अरैयापागसका ग्रीकहरूसँग कुरा गर्दा कसरी एउटा साझा सहमति स्थापित गर्न र त्यसलाई अन्तसम्म कायम राख्न सके? (प्रेरि. १७:२२, २३) [ht-NP पृ. ६०, अनु. १८]
४. तपाईं बुँदाहरूको पर्याप्त विकास कसरी गर्न सक्नुहुन्छ? [ht-NP पृ. ६०-६१, अनु. १९-२०]
५. तपाईं भाषणको मुख्य कुराहरू कसरी थाह पाउनुहुन्छ? [ht-NP पृ. ६३, अनु. ९]
असाइनमेन्ट न. १
६. हामी कसरी हाम्रो “कुमाले” यहोवाले चाहनुहुने आकारमा ढालिन तयार हुन सक्छौं? (यशै. ६४:८) [w०६ ६/१-NP पृ. २९, अनु. १४]
७. अरूले हामीमाथि अन्याय गर्दा वा धर्मको कुरा उठाएर समस्यामा पार्दा, दाऊदको अनुकरण गर्दै हामीले के गर्नुपर्छ? (भज. ८६:२) [w०६ ७/१-NP पृ. १८, अनु. ७]
८. यहोवाका सेवकहरूले अहिले पनि आनन्द उठाइरहेका केही अनुपम लाभ के-के हुन्? [wt-NP पृ. १२६, अनु. १४-१५]
९. निराशाको बादलले घेर्दा आफ्नो आध्यात्मिक बललाई जोगाउन के गर्न सकिन्छ? (भज. ९४:१८, १९) [w०६ ८/१-NP पृ. २०, अनु. १६-१७]
१०. यहोवाको दृश्य संगठनप्रति आफ्नो मनोवृत्तिले हामी के देखाइरहेका हुन्छौं? (हिब्रू १३:१७) [wt-NP पृ. १३५, अनु. १५]
साप्ताहिक बाइबल पढाइ
११. फिलिप्पीका झ्यालखानाका हाकिमले किन “अपहत्या गर्ने विचार” गरे? (प्रेरि. १६:२५-२७) [w०० ९/१५-NP पृ. ५ अनु. ५]
१२. अरिस्तार्खस र गायसले सतावटलाई कसरी लिए? (प्रेरि. १९:२९; २०:४, ५) [w०८ २/१-NP पृ. १५-१६ अनु. १६-१७]
१३. शावलले ‘सुइरोमा लात हानिरहेका थिए’ भन्नुको मतलब के थियो? (प्रेरि. २६:१४) [w०३ १०/१-NP पृ. ३२]
१४. परमेश्वरले इस्राएलीहरूलाई दिएको व्यवस्थाको कारण ‘आज्ञाद्वारा पापले मौका पायो,’ कसरी? (रोमी ७:८, ११) [w०८ ६/१-NP “यहोवाको वचन जीवित छ—रोमीको पुस्तकका विशेषताहरू”]
१५. हामी कसरी शत्रुको ‘टाउकोमा आगोको भुङ्ग्रो थुपार्न’ सक्छौं? (रोमी १२:२०, NRV) [w०८ ६/१-NP “यहोवाको वचन जीवित छ—रोमीको पुस्तकका विशेषताहरू”]