प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अप्रिल पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 अप्रिल पृ. ३

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अप्रिल २६, २०१० मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च १ देखि अप्रिल २६, २०१० सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌।

१. नाओमीले “परमप्रभु मेरो विरुद्धमा उठ्‌नुभएको छ। सर्वशक्‍तिमानले ममाथि विपत्ति ल्याउनुभएको छ” भनेर के भन्‍न खोजेकी थिइन्‌? (रूथ १:२१) [w०५ ३/१ पृ. २७, अनु.१]

२. के-कस्ता गुणले रूथलाई “गुणवती” बनायो? (रूथ ३:११) [w०५ ३/१ पृ. २८, अनु. ६]

३. अरूसितको मतभिन्‍नता सुल्झाउने सन्दर्भमा हन्‍नाले कसरी राम्रो उदाहरण बसालिन्‌? (१ शमू. १:१५, १६) [w०१ २/१ पृ. २०-२१]

४. इस्राएलीहरूले राजा माग गर्नु कुन कारणले गर्दा अनुचित थियो? (१ शमू. ८:५) [w०५ ९/१५ पृ. २०, अनु. १७; it-2-E पृ. १६३ अनु. १]

५. अरूको खातिर प्रार्थना गर्ने सन्दर्भमा ‘वृद्ध र कपाल फुलिसकेको’ शमूएलले कसरी आफूलाई उदाहरणीय प्रमाणित गरे र यसबाट के स्पष्ट हुन्छ? (१ शमू. १२:२, २३) [w०७ ६/१ पृ. २९, अनु. १४-१५]

६. शाऊलले केनीहरूलाई किन विशेष निगाह देखाए? (१ शमू. १५:६) [w०५ ३/१५ पृ. २२, अनु. १०]

७. दाऊदलाई “हे जवान युवक, तिमी कसका छोरो हौ” भनी सोध्न शाऊल किन उत्प्रेरित भए? (१ शमू. १७:५५-५८) [w०५ ३/१५ पृ. २४]

८. गातमा दाऊदले गम्भीर समस्या सुल्झाएको तरिकाबाट हामी के सिक्न सक्छौं? (१ शमू. २१:१२, १३) [w०५ ३/१५ पृ. २४, अनु. ५]

९. जोनाथन होरेशमा भएका दाऊदकहाँ ‘आएको’ विवरणबाट हामी के सिक्न सक्छौं? (१ शमू. २३:१५, १६) [w०३ २/१ पृ. १५, अनु. १३]

१०. शाऊलले एन्दोरकी मन्त्र-तन्त्र गर्ने स्त्रीलाई भेटेको घटनाबाट हामी के पाठ सिक्न सक्छौं? (१ शमू. २८:८-१९) [w०५ ३/१५ पृ. २४, अनु. ८]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने