मे २४ को हप्ताको तालिका
मे २४ मा सुरु हुने हप्ता
गीत ३७
□ मण्डली बाइबल अध्ययन:
fy पृ. ८२ (उपशीर्षक)-८७ (उपशीर्षक)
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ शमूएल १३-१५
न. १: २ शमूएल १३:२३-३३
न. २: इन्साफको दिन—यो के हो? (bh पृ. २१३-२१५ को परिशिष्ट)
न. ३: हामी यस संसारको रीतिअनुसार नचल्नुको कारण के हो? (१ कोरि. ७:३१)
□ सेवा सभा:
गीत ३२
५ मि: घोषणाहरू।
१० मि: जूनमा प्रहरीधरहरा प्रस्तुत गर्न तयार हुनुहोस्। श्रोतासित छलफल। पत्रिकाको विषयवस्तु पुनरावलोकन गर्न एक-दुई मिनेट लिनुहोस्। त्यसपछि दुईवटा वा तीनवटा लेख छान्नुहोस् र प्रस्तुतिमा प्रयोग गर्न सकिने प्रश्नहरू तथा शास्त्रपदहरूबारे बताउन श्रोतालाई निम्तो दिनुहोस्। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउन लगाउनुहोस्।
१० मि: सफा राज्यभवनले यहोवाको महिमा गर्छ। प्राचीनद्वारा भाषण। यहोवा पवित्र परमेश्वर हुनुहुन्छ। त्यसैले शारीरिक स्वच्छताले उहाँका जनहरूबीच प्राथमिकता पाउनुपर्छ। (प्रस्थ. ३०:१७-२१; ४०:३०-३२) उपासना गर्ने ठाउँलाई सफा र दुरुस्त राखेर हामी यहोवाको महिमा गर्छौं। (१ पत्रु. २:१२) स्थानीय तवरमा मिलाइएको प्रबन्धअनुसार सफाइ र मर्मतको संयोजन गरिरहेका एक जना भाइको अन्तरवार्ता लिनुहोस्। राज्यभवनलाई चिटिक्क राख्दा समाजमा साक्षी दिन सकेको स्थानीय वा छापिएका अनुभवहरू सुनाउनुहोस्। राज्यभवनलाई राम्रो अवस्थामा राख्ने काममा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्।
१० मि: “यो सुसमाचार प्रचार गरिनेछ!” प्रश्न-उत्तर छलफल।
गीत २६