क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
प्रकाशकहरूको अहिलेसम्मकै शिखर सङ्ख्या १,३७५ भयो भनी रिपोर्ट गर्न पाउँदा हामी हर्षित छौं। यो सङ्ख्या गत वर्षको यसै महिनाको तुलनामा १९ प्रतिशतले धेरै हो। बाइबल अध्ययनहरूको सङ्ख्या २,९५९ पुगेर अर्को नयाँ शिखर कायम भयो। क्षेत्रमा ३,४२९ वटा पुस्तिका वितरण गरेर अर्को नयाँ शिखर कायम भयो। यो सङ्ख्या जुलाई २००९ मा कायम भएको शिखरभन्दा १४ प्रतिशतले धेरै हो। यस महिना एउटा पृथक समूह स्थापना भयो। यो समेत गरेर नेपालमा मण्डली तथा पृथक समूहको कुल सङ्ख्या २४ पुगेको छ।