प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जनवरी p. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 जनवरी p. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? घरधनीले उक्‍त पुस्तक पहिल्यै पाइसकेको खण्डमा अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। फेब्रुअरी: एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने जोडदार प्रयास गर्नुहोस्‌। अनि अप्रिल: प्रहरीधरहरा। स्मरणार्थ र विशेष जनभाषणमा आएका तर मण्डलीसँग सक्रिय भई संगत नगरेकाहरूलाई भेट्‌न जाने विशेष प्रयास गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य ती व्यक्‍तिहरूसित गृह बाइबल अध्ययन सुरु गर्नु हो।

◼ “हाम्रो राज्य सेवकाई” यस अङ्‌कदेखि “हाम्रो राज्य सेवा” नामले चिनिनेछ। यो परिवर्तन मौलिक ग्रीक शब्दको सही अनुवादमा आधारित छ र यो, नेपाली भाषामा उपलब्ध पवित्र बाइबल​—⁠ नयाँ संसार अनुवाद-मा ( मत्तीदेखि प्रकाशसम्म) झल्काइएको छ।

◼ “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताब नेपालीमा तयारी हुँदैछ भनी तपाईंहरूलाई जानकारी गराउन पाउँदा हामी हर्षित छौं। मण्डलीहरूले यो किताबको अर्डर अर्को महिनाको साहित्य अर्डरसँगै पठाउनुपर्छ।

◼ मार्च २१ देखि अप्रिल २५, २०११ का हप्ताहरूमा हुने मण्डली बाइबल अध्ययनमा प्रहरीधरहरा-का पुराना अङ्‌कबाट दुई वटा अध्ययन लेख छलफल गरिनेछन्‌। ती हुन्‌:- मे १५, २००१ को अङ्‌कबाट “आध्यात्मिक तवरमा बलियो परि⁠वार बसाल्ने” भन्‍ने लेख र नोभेम्बर १५, २००२ को अङ्‌⁠कबाट “काँधमा काँध मिलाएर सेवा गरिरहनुहोस्‌” भन्‍ने लेख।

◼ फेब्रुअरी महिनादेखि क्षेत्रीय निरीक्षकले दिने जनभाषणको विषय हो: “सत्यले तपाईंको जीवनलाई कसरी प्रभाव पार्छ?”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने