ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू फेब्रुअरी २८, २०११ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ। स्कूल निरीक्षकले जनवरी ३ देखि फेब्रुअरी २८, २०११ सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. आफ्नो शासनकालको सुरुमा हिजकियाहले कुन काम सुरु गरे र आज हामी तिनको कसरी अनुकरण गर्न सक्छौं? (२ इति. २९:१६-१८) [ w०९ ६/१ पृ. १५, अनु. १३]
२. योशियाहले मन्दिरमा पवित्र सन्दूक कहाँबाट ल्याए? (२ इति. ३५:३) [ w०५ १२/१ पृ. २०]
३. यरूशलेमको ७० वर्षे उजाड अवस्थाको अन्त ठीक समयमा नै भयो भन्ने धर्मशास्त्रीय प्रमाणलाई एज्रा ३:१-६ ले कसरी समर्थन गर्छ? [ w०६ १/१ पृ. २९, अनु. ३]
४. आफ्ना सँगी विश्वासीहरूले बेबिलोनका मानिसहरूसित विवाह गरेको कुरा थाह पाउँदा एज्रा किन स्तब्ध भए? (एज्रा ९:१-३) [ w०६ १/१ पृ. ३०, अनु. १]
५. एउटा मात्र हात चलाएर मजदुरले कसरी पर्खाल पुनर्निर्माणको काम गर्न सक्थे? (नहे. ४:१७, १८) [ w०६ २/१ पृ. ९]
६. राज्यपाल नहेम्याह ख्रीष्टियन निरीक्षकहरूका लागि कसरी उत्कृष्ट उदाहरण हुन्? (नहे. ५:१४-१९) [ w०६ २/१ पृ. १०; si-E पृ. ९०, अनु. १६]
७. नहेम्याहको दिनका इस्राएलीहरूले जस्तै “परमप्रभुको भवनको” बेवास्ता नगर्न हामी के गर्न सक्छौं? (नहे. १०:३२-३९) [ w९८ १०/१५ पृ. २१, अनु. १२]
८. नहेम्याहको मार्गलाई विचार गरेपछि हामी आफैलाई कस्ता प्रश्नहरू सोध्न जुरमुरिन्छौं? (नहे. १३:३१) [ w९६ ९/१५ पृ. १६, अनु. ३]’
९. के एस्तरले राजा अहासूरससित नाजायज सम्बन्ध राखिन्? (एस्त. २:१४-१७) [ w०६ ३/१ पृ. ४; w९१-E १/१ पृ. ३१, अनु. ६]
१०. मोर्दकैले हामानलाई किन दण्डवत् गरेनन्? (एस्त. ३:२, ४) [ w०६ ३/१ पृ. ५; it-2-E पृ. ४३१, अनु. ७]