घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- फेब्रुअरी: एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस्। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? किताब। बाइबल अध्ययन सुरु गर्ने जोडदार प्रयास गर्नुहोस्। अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्। ती चासो दिने मानिसहरूमा स्मरणार्थ वा अन्य ईश्वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्गत नगरेकाहरू पनि पर्छन्।
◼ सन् २०११ को स्मरणार्थ उत्सवपछि दिइने विशेष जनभाषणको विषय रहेको छ: “बाइबल सिद्धान्तहरू—के यसले हामीलाई वर्तमान समस्याहरूसित डट्न मदत दिन सक्छ?”
◼ मे २, २०११ मा सुरु हुने हप्तादेखि “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” पुस्तक मण्डली बाइबल अध्ययनमा प्रयोग गरिनेछ।