मार्च १४ को हप्ताको तालिका
मार्च १४ मा सुरु हुने हप्ता
गीत १० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
we पृ. २८**-३१, पृ. २७ को पेटी (२५ मि.)
** दोस्रो उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: अय्यूब १-५ (१० मि.)
न. १: अय्यूब ३:१-२६ (४ मि. वा कम)
न. २: समर्पणसम्बन्धी आफ्नो भाकल यिप्तहले जस्तै पूरा गरौं—my कथा ५३ (५ मि.)
न. ३: कुनकुन तरिकामा साँचो ख्रीष्टियनहरू आपसमा प्रेम देखाउँछन्?—bh पृ. १४८, अनु. ९-१० (५ मि.)
□ सेवा सभा:
गीत १
५ मि: घोषणाहरू।
१५ मि: बुबाआमाहरू हो, के तपाईं छोराछोरीलाई पूर्ण-समय सेवा अँगाल्न प्रोत्साहन दिनुहुन्छ? परिशिष्टमा आधारित छलफल। अनुच्छेद ५ छलफल गर्दा एउटा प्रदर्शन देखाउनुहोस्। बुबाआमालाई आर्थिक मदत गर्न स्कूलको पढाइ सिद्धिएपछि आफूले काम खोज्नुपर्ने विषयमा छोराले बुबालाई बताउँछन्। छोराको योजना सुनेर सुरुमा त बुबा खुसी हुन्छन्। तर संसारको काम गरेर वा धेरै पैसा कमाएर साँच्चैको सुरक्षा पाउन सकिंदैन भन्ने बाइबल सत्यबारे बुबाले छोरालाई सम्झना गराइहाल्छन्। साँच्चैको ‘सुरक्षित’ पेसा अँगाल्न अर्थात् पूर्ण-समय सेवालाई आफ्नो पेसा बनाउन बुबाले छोरालाई प्रोत्साहन दिन्छन्। (मत्ती ६:१९-२१, ३३)
१५ मि: “यहोवाको प्रबन्धको कदर गरौं।” प्रश्न-उत्तर। स्मरणार्थको लागि मण्डलीले गरेका प्रबन्धबारे बताउनुहोस्।
गीत ८ र प्रार्थना