घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्। ती चासो दिने मानिसहरूमा स्मरणार्थ वा अन्य ईश्वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्गत नगरेकाहरू पनि पर्छन्। जून: बाइबलले वास्तवमा के सिकाउँछ? यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई अनि अगस्त: यहाँ दिएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सबैका लागि उपयोगी किताब, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, शान्ति र आनन्दको बाटो।