ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू जून २७, २०११ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले मे २ देखि जून २७, २०११ सम्मका हप्तामा प्रस्तुत गरिएका असाइनमेन्टहरूमा आधारित २० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्।
१. अय्यूबले तिनका विरोधीहरूको खातिर प्रार्थना गरेको यहोवाले चाहनुभएको कुराबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (अय्यू. ४२:८) [ w९८ ८/१५ पृ. ३० अनु. ५]
२. अहिले ख्रीष्टियनहरूले चढाउने “धार्मिकताको बलिदान” के हो? (भज. ४:५) [ w०६ ६/१ पृ. ४ अनु. ७]
३. दाऊदको अन्तस्करणले तिनलाई कसरी शिक्षा दियो? (भज. १६:७) [ w०४ १२/१ पृ. १४ अनु. ९]
४. कसरी हामीले पनि दाऊदले जस्तै “यस संसारका मानिसहरू”-को भन्दा भिन्नै मनोवृत्ति राख्नुपर्छ? (भज १७:१४, १५) [ w०६ ६/१ पृ. ४ अनु. १३]
५. कसरी “आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ?” (भज. १९:१) [ w०४ १०/१ पृ. १० अनु. ८]
६. आशा र साहसबीचको कस्तो सम्बन्धलाई भजन २७:१४ मा सङ्केत गरिएको छ? [ w०६ १०/१ पृ. २७-२८ अनु. ३, ६]
७. यहोवासित सम्बन्ध बलियो बनाउन अनि उहाँमाथि भरोसा राख्न हामी कसरी “परमप्रभुमा मग्न” हुन सक्छौं? (भज. ३७:४) [ w०३ १२/१ पृ. ११ अनु. ११]
८. कदर गर्ने सम्बन्धमा निर्वासित लेवीबाट के पाठ सिक्न सक्छौं? (भज. ४२:१-३) [ w०६ ६/१ पृ. ७ अनु. ३]
९. दाऊदले कसको “राजी-खुशीको आत्माले” मलाई सँभाल्नुहोस् भनिरहेका थिए? (भज. ५१:१२) [ w०६ ६/१ पृ. ७ अनु. १०]
१०. हामी कसरी परमेश्वरको भवनमा भद्राक्षको रूखजस्तै हुन सक्छौं? (भज.५२:८) [ w०० ५/१५ पृ. २९ अनु. ६]