“घण्टा कसरी हिसाब गर्ने?”
के तपाईंले कहिल्यै यस्तो प्रश्न गर्नुभएको छ? यससम्बन्धी मोटामोटी निर्देशन हाम्रो राज्य सेवकाई, डिसेम्बर २००६, पृष्ठ ८ मा पाउन सकिन्छ। समय-समयमा थप निर्देशनहरू दिइन्छन्। जस्तै:- हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००८ मा छापिएको प्रश्न पेटी। परिस्थिति फरक-फरक हुने भएकोले हामीलाई यससम्बन्धी निमयहरूको लामो सूची दिइएको छैन। त्यसकारण एल्डर वा अरू कसैले यससम्बन्धी थप नियमहरू बनाउनु उचित हुनेछैन।
यदि कुनै प्रश्न उठ्छ र प्रकाशनहरूमा यससम्बन्धी कुनै निर्देशन छैन भने प्रत्येक प्रकाशकले आफैलाई यी प्रश्नहरू सोध्न सक्छन्: के त्यो समय सेवाको काममा बिताइएको थियो? अथवा त्यस समयमा अन्य कुनै काम गरिएको थियो? प्रत्येक महिना बुझाएको क्षेत्र सेवाको रिपोर्टले आनन्द दिनुपर्छ, अन्तस्करणले घोच्नु हुँदैन। (प्रेषि. २३:१) निस्सन्देह, हाम्रो प्रमुख चासोको विषय घण्टा कसरी हिसाब गर्ने भन्ने होइन बरु प्रचारमा बिताएको समयलाई कसरी अर्थपूर्ण बनाउने, त्यो हो।—हिब्रू ६:११.