घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जून: बाइबलले वास्तवमा के सिकाउँछ? यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन् १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ। जुलाई अनि अगस्त: यहाँ दिएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सबैका लागि उपयोगी किताब, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, शान्ति र आनन्दको बाटो। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका छन् अनि बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने त्यस घरधनीलाई चासो लाग्ने विषयमा एउटा पुरानो पत्रिका अथवा कुनै पुस्तिका दिन सकिन्छ।