सेप्टेम्बर १२ को हप्ताको तालिका
सेप्टेम्बर १२ मा सुरु हुने हप्ता
गीत १९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ७ अनु. १-९, पृ. ८८, ९० को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन १२०-१३४ (१० मि.)
न. १: भजन १२४:१–१२६:६ (४ मि. वा कम)
न. २: बप्तिस्मा गर्नुको खास कारण के हो?— bh पृ. १८१-१८३, अनु. २०-२५ (५ मि.)
न. ३: हामी कसरी “आँखा निर्मल” राख्न सक्छौं?—मत्ती ६:२२, २३ (५ मि.)
□ सेवा सभा:
गीत २६
५ मि: घोषणाहरू। पृष्ठ ४ मा रहेको “क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू” छलफल गर्नुहोस्। अप्रिल महिनामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न योगदान पुऱ्याएकोमा भाइबहिनीको प्रशंसा गर्नुहोस्।
१० मि: मन छुने गरी सिकाउन परमेश्वरको वचन प्रयोग गर्नुहोस्। प्रहरीधरहरा, फेब्रुअरी १, २००५ को पृष्ठ २८-३१ मा आधारित भाषण। पत्रुसलाई मदत गर्न येशूले कसरी धर्मशास्त्रको प्रयोग गर्नुभयो, केलाउनुहोस्। आफ्ना छोराछोरी, बाइबल विद्यार्थी अनि आफ्नै सोचाइ र भावना सच्याउने आवश्यकता पर्दा हामी कसरी येशूको उदाहरण पछ्याउन सक्छौं, छलफल गर्नुहोस्।
१० मि: कुनचाहिं सफल हुन्छ, तिमीहरू जान्दैनौ। (उप. ११:६) वार्षिक पुस्तक २०११ (अङ्ग्रेजी) को पृष्ठ ९६ को अनुच्छेद १-२ र पृष्ठ ११३ को अनुच्छेद २ देखि पृष्ठ ११४ को अनुच्छेद ३ सम्ममा आधारित छलफल। आफूले सिकेका पाठहरूबारे टिप्पणी गर्न श्रोतालाई आग्रह गर्नुहोस्।
१० मि: “आफूले पाएको सम्मानको मोल गर्नुहोस्।” प्रश्न-उत्तर।
गीत २२ र प्रार्थना