सेप्टेम्बर २६ को हप्ताको तालिका
सेप्टेम्बर २६ मा सुरु हुने हप्ता
गीत १० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ७ अनु. २०-२८ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: भजन १४२-१५० (१० मि.)
न. १: भजन १४४:१–१४५:४ (४ मि. वा कम)
न. २: परमेश्वरलाई प्रेम गर्नुको अर्थ के हो?— bh पृ. १८६-१८७, अनु. ६-९ (५ मि.)
न. ३: “भेदभाव” नगर्न हामी होसियार हुनै पर्छ, किन?—याकू. २:१-४ (५ मि.)
□ सेवा सभा:
गीत ६
१० मि: घोषणाहरू। “बाइबल सन्देश पुस्तिका प्रयोग गर्ने एउटा तरिका” छलफल गर्नुहोस्। पृष्ठ ४ मा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर अक्टोबर १, शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्।
१२ मि: प्रश्न पेटी। छलफल। हाम्रो राज्य सेवकाई, मार्च २००५, पृष्ठ ८ मा दिइएका बुँदाहरू समावेश गर्नुहोस्।
१३ मि: पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्। छलफल। तपाईंको इलाकाका मानिसलाई चासो लाग्ने हालैका त्रैमासिक पत्रिकाका केही लेखबारे बताउन एक/दुई मिनेट लिनुहोस्। त्यसपछि तीमध्ये दुई/तीन वटा लेख कसरी प्रस्तुत गर्न सकिन्छ, एक-एक गरी विचार गर्नुहोस्। यसो गर्न चासो जगाउने खालको कस्तो प्रश्न तथा शास्त्रपद चलाउन सकिन्छ, श्रोतालाई सोध्नुहोस्। उक्त पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा प्रदर्शन देखाउनुहोस्।
गीत ४१ र प्रार्थना