प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 डिसेम्बर पृ. ३-६
  • राज्यभवनहरूको टड्‌कारो खाँचो पूरा गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यभवनहरूको टड्‌कारो खाँचो पूरा गर्ने
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • राज्यभवन निर्माण एकाइको उद्देश्‍य
  • राज्यभवन निर्माण समूह
  • राज्यभवन निर्माणकार्य ​—⁠मण्डलीको परियोजना
  • राज्यभवन निर्माण गर्न चाल्नुपर्ने कदमहरू
  • यस नयाँ प्रबन्धबाट प्राप्त उल्लेखनीय नतिजाहरू
हाम्रो राज्य सेवा—२०११
km11 डिसेम्बर पृ. ३-६

राज्यभवनहरूको टड्‌कारो खाँचो पूरा गर्ने

१, २. यस परिशिष्टले हामीलाई कुन कार्यक्रमबारे अझ राम्ररी बुझ्न मदत गर्नेछ?

१ थुप्रै देशमा पैसा र दक्ष कामदारहरूको ठूलो अभाव छ। त्यसैले त्यस्ता देशहरूमा राज्यभवनहरू निर्माण गर्ने काम सजिलो छैन। तसर्थ सन्‌ १९९९, नोभेम्बरमा परिचालक निकायले सीमित स्रोतसाधन भएका देशहरूमा राज्यभवन निर्माण गर्न एउटा कार्यक्रमको प्रबन्ध मिलायो। यस परिशिष्टमार्फत हामी तपाईंहरूलाई नेपालभरिका मण्डलीहरूले यस कार्यक्रमबाट कसरी लाभ उठाउन सक्छन्‌ भनेर स्पष्टसित बुझाउन चाहन्छौं।

२ हाल, यस कार्यक्रमले १४४ वटा देशका भाइबहिनीको आवश्‍यकता पूरा गरिरहेको छ। आवश्‍यकता धेरै भएको ठाउँमा राज्यभवन बनाउन र राज्यभवन निर्माण कोषको बुद्धिमानीसाथ सदुपयोग गर्न परिचालक निकायले एउटा प्रबन्ध मिलाएको छ। त्यस प्रबन्धअनुसार ब्रूक्लिनमा रहेको डिजाइन/निर्माण विभागलगायत चार वटा क्षेत्रीय राज्यभवन कार्यालयले निर्माण कार्यक्रमको निरीक्षण गर्नेछ। नेपालचाहिं अस्ट्रेलिया शाखामा रहेको क्षेत्रीय कार्यालयअन्तर्गत पर्छ।

३. (क) राज्यभवन निर्माण कार्यक्रमको उद्देश्‍य के हो? (ख) नेपालमा राज्यभवन निर्माणकार्यको सन्दर्भमा कस्तो उन्‍नति भइरहेको छ?

३ यस राज्यभवन निर्माण कार्यक्रमको उद्देश्‍य कानुनी मान्यताप्राप्त र समुदायबाट अनुमतिप्राप्त उपयुक्‍त जग्गामा साधारण, मर्यादित, सस्तो र मर्मतसम्भारमा धेरै ध्यान दिनु नपर्ने खालको हजारौं राज्यभवन निर्माण गर्नु हो। के नेपालमा यो उद्देश्‍य हासिल गर्न सम्भव छ? के नेपालमा यस कार्यक्रमको साँच्चै आवश्‍यकता छ? हामी निर्धक्क भई भन्‍न सक्छौं: ‘छ।’ सन्‌ २०११, जुलाई महिनामा क्षेत्रीय निरीक्षकहरूको सहयोगमा राज्यभवन निर्माणको लागि गुरुयोजना तयार पारिंदा पाँच वटा राज्यभवनको टड्‌कारो आवश्‍यकता देखियो। यो आवश्‍यकता कसरी पूरा गरिनेछ?

राज्यभवन निर्माण एकाइको उद्देश्‍य

४, ५. राज्यभवन निर्माण एकाइलाई कस्तो जिम्मेवारी सुम्पिइएको छ?

४ राज्यभवन निर्माण एकाइ स्थापना गर्नुको उद्देश्‍य निर्माणकार्यको संयोजन गर्नु हो। यस एकाइले गर्ने कामको सुपरिवेक्षण कन्ट्री कमिटीले गर्छ र यस एकाइले कन्ट्री अफिसमा रहेको सेवा विभागसित मिलेर काम गर्छ। यसरी राज्यभवन निर्माण गर्ने सम्बन्धमा यी दुई कुरालाई ध्यान दिएर सही निर्णय गर्न मदत मिल्नेछ: (१) राज्यभवनको सबैभन्दा धेरै आवश्‍यकता भएका मण्डलीहरूलाई प्राथ⁠मिकता दिने र (२) प्रेषित पावलले १ कोरिन्थी ९:२६ मा भनेझैं तुरुन्तै राम्रो नतिजा हासिल हुन सक्ने देशका विभिन्‍न ठाउँमा ध्यान दिने। सोसाइटीले सरल र स्थानीय इलाका सुहाउँदा योजनाहरू तयार पारेको छ। अहिलेको डिजाइनअनुसार धेरै जनशक्‍तिको आवश्‍यकता पर्दैन अनि स्थानीय तवरमै पाइने निर्माण सामग्रीहरू प्रयोग गरेर स्थानीय तरिकाअनुसारै निर्माण गर्न सकिन्छ। राज्यभवनको साइज र फिनिसिङ प्रकाशकहरूको सङ्‌ख्या र राज्यभवनको सञ्चालन अनि मर्मतसम्भारको खर्च बेहोर्ने क्षमता मण्डलीसित कत्तिको छ, त्यसमा निर्भर हुन्छ।

५ राज्यभवन निर्माण परियोजनासम्बन्धी सम्पूर्ण कामकुराको सुपरिवेक्षण गर्ने जिम्मेवारी राज्यभवन निर्माण एकाइ र यसका प्रतिनिधिहरूको हो। यस जिम्मेवारीमा जग्गा छान्‍ने, राज्यभवनको डिजाइन बनाउने, कानुनी रूपमा दर्ता गराउने र सरकारको स्वीकृति लिने अनि निर्माणकार्य पर्छ। निर्माणकार्य पूरा भएपछि राज्यभवनलाई धेरै वर्षसम्म राम्रो अवस्थामा राख्न सकियोस्‌ भनेर मर्मतसम्भारसम्बन्धी तालिम पनि दिइन्छ। लगभग हरेक दुई वर्षमा राज्यभवन निर्माण एकाइका प्रतिनिधिले राज्यभवनको जाँच गर्नेछन्‌ र यसको मर्मतसम्भारको निरीक्षण गर्न खटाइएका भाइहरूलाई व्यावहारिक सुझाव दिनेछन्‌।

राज्यभवन निर्माण समूह

६. राज्यभवन निर्माण समूह को-को मिलेर बनेको हुन्छ र यस समूहको उद्देश्‍य के हो?

६ राज्यभवन निर्माणकार्य द्रुत गतिमा अघि बढाउन परिचालक निकायले राज्यभवन निर्माण समूह गठन गर्ने स्वीकृति दिएको छ। यी समूहहरूले मण्डलीलाई राज्यभवन निर्माण गर्न अनि निर्माणको लागि आवश्‍यक खर्च हिसाब गर्न मदत गर्नेछ। यो समूह छ देखि आठ जना राज्यभवन निर्माण सेवक र स्वयंसेवक मिलेर बनेको हुन्छ। यी दुई प्रकारका पूर्ण-समय सेवकबारे तल छोटकरीमा बताइएको छ। साथै निर्माण परियोजना सफल पार्न तिनीहरूले कसरी योगदान पुऱ्‍याउँछन्‌, त्यो पनि बताइएको छ।

७. राज्यभवन निर्माण सेवक हुन कस्तो योग्यता चाहिन्छ?

७ (१) राज्यभवन निर्माण सेवकहरू: परिचालक निकायले विशेष पूर्ण-समय सेवकहरूको एउटा नयाँ समूह गठन गर्ने स्वीकृति दिएको छ। उनीहरू निर्माणकार्यको अनुभव भएका र परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्ने भाइबहिनी हुन्‌। कहिलेकाहीं विवाहित दम्पतीहरूलाई राज्यभवन निर्माण सेवकको रूपमा नियुक्‍त गरिएको छ। यस सेवाको लागि योग्य हुन बप्तिस्मा गरेको कम्तीमा एक वर्ष भएको, लामो समय सेवा गर्न सक्ने, १९ देखि ५५ वर्षको, स्वस्थ, कडा परिश्रम गर्न सक्ने हुनुपर्छ र अग्रगामीको रूपमा पूर्ण-समय सेवा गरिरहेकाहरू भए अझै बेस हुन्छ। यस पूर्ण-समय सेवाको लागि कसैलाई सिफारिस गर्नुअघि ती व्यक्‍तिले राज्यभवन निर्माण स्वयंसेवकको रूपमा आफ्नो योग्यता प्रमाणित गरिसकेको हुनुपर्छ।

८. राज्यभवन निर्माण स्वयंसेवक र राज्यभवन निर्माण सेवकबीच कस्तो भिन्‍नता छ?

८ (२) राज्यभवन निर्माण स्वयंसेवकहरू: राज्यभवन निर्माण समूहले कुनै एउटा इलाकामा केही निर्माण परियोजनामा काम गरिरहेको छ भने इच्छुक प्रकाशकहरूले त्यस काममा भाग लिन सकोस्‌ भन्‍नको लागि नजिकका मण्डलीहरूलाई आवेदन फाराम (A-25) पठाइनेछ। राज्यभवन निर्माण स्वयंसेवकको रूपमा सेवा गर्न चाहनेहरूले पनि राज्यभवन निर्माण सेवकहरूले जस्तै आवश्‍य⁠कता पूरा गरेको हुनुपर्छ। निर्माण स्वयंसेवकहरूले दुई हप्तादेखि तीन महिनासम्म काम गर्छन्‌। कहिलेकाहीं दक्ष भाइहरूले नियमित रूपमा पार्ट-टाइम काम गर्न सक्छन्‌।

राज्यभवन निर्माणकार्य ​—⁠मण्डलीको परियोजना

९, १०. राज्यभवन निर्माण परियोजनाको लागि मण्डलीले कसरी पूरापूर सहयोग गर्न सक्छ?

९ राज्यभवन निर्माणकार्यलाई मण्डलीले आफ्नै परियोजनाको रूपमा हेर्नुपर्छ। निर्माणकार्यमा आफूले सकेजति सबै गर्नु र निर्माण परियोजना पूरा भएपछि पनि भवनको सञ्चालन गर्न चाहिने खर्च बेहोर्नु अनि नियमित मर्मतसम्भार गर्नु मण्डलीका प्रत्येक सदस्यको जिम्मेवारी हो। सुरुदेखि नै एल्डरहरू नयाँ राज्यभवनको लागि मण्डलीको उत्साह बढाउन सक्रिय हुन्छन्‌। आर्थिक सहयोग पाएका मण्डलीहरूले प्रत्येक महिना सोसाइटीलाई कति अनुदान दिने भनेर एउटा प्रस्तावना पारित गरेर आफ्नो कृतज्ञता देखाउन सक्छन्‌। यो, हितोपदेश ३:९ मा उल्लिखित यो सिद्धान्तअनुरूप छ: “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर गर्‌।”

१० निर्माण परियोजना सुरु हुने मिति, आवश्‍यक स्वयंसेवकको सङ्‌ख्या र तिनीहरूले काम सुरु गर्ने मितिबारे मण्डलीलाई पहिल्यै जानकारी दिइनेछ। आफ्नो मण्डलीको निर्माण परियोजनामा स्वयंसेवा गर्न चाहनेहरूले फाराम भर्नुपर्दैन। तर तिनीहरूले मण्डलीमा राम्रो नाम कमाएको अनि १७ वर्षभन्दा माथिको हुनुपर्छ र मण्डलीको सेवा समितिले अनुमति दिएको हुनुपर्छ। निर्माणकार्यमा भाइ वा बहिनी जोसुकैले पनि भाग लिन सक्छन्‌। निर्माणस्थलमा काम गर्नुको अलावा मण्डलीका सदस्यहरूले कामदारहरूका लागि खाना तयार पारिदिएर अनि राज्यभवन निर्माण समूहका भाइबहिनीको लुगा धोइदिएर पनि मदत गर्न सक्छन्‌।

११. पहिलो कोरिन्थी १४:४० र हिब्रू १३:१७ मा लिपिबद्ध सिद्धान्तले एकअर्कालाई सहयोग गर्नुपर्ने आवश्‍यकताबारे के बताउँछ?

११ तपाईंले बुझ्नुभयो होला, निर्माणकार्यमा पूरै मण्डलीको र अझ विशेषगरि अगुवाइ लिने भाइहरूको सहयोगको खाँचो पर्छ। हामीले बाइबलका केही सिद्धान्त सम्झनुपर्छ। उदाहरणका लागि, १ कोरिन्थी १४:४० भन्छ, “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्‌गले होस्‌।” सबै कुरा ईश्‍वरतान्त्रिक प्रबन्धअनुसार होस्‌ भनेर निर्देशनहरू तयार पारिएका छन्‌। राज्यभवन निर्माण कार्यक्रमअन्तर्गत काम गर्ने तरिकाबारे परिचालक निकायले दिएको निर्देशनको हामी धेरै मोल गर्छौं। हिब्रू १३:१७ मा हामीलाई यस्तो राम्रो सम्झौटा दिइएको छ, “जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस, किनकि परमेश्‍वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन, नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ।” यी धर्मशास्त्रीय निर्देशनहरू पालन गर्दा यहोवाको उपासना विस्तार गर्न हामीले गरेको सबै प्रयासमा उहाँले आशिष्‌ दिनुहुनेछ भनेर हामी पक्का हुन सक्छौं।

राज्यभवन निर्माण गर्न चाल्नुपर्ने कदमहरू

१२, १३. (क) राज्यभवन निर्माण गर्न चाहने मण्डलीले कन्ट्री अफिसलाई के-कस्तो जानकारी पठाउनुपर्छ? (ख) यसबाहेक एल्डरहरूको निकायले के कुरा विचार गर्नुपर्छ?

१२ नयाँ राज्यभवन बनाउने लक्ष्य हासिल गर्न मण्डलीले चाल्नुपर्ने कदमहरूबारे तपाईंहरूलाई जानकारी गराउन पाउँदा हामी खुसी छौं। सुरुमा कन्ट्री अफिसलाई चिठी लेख्नुपर्छ। यस चिठीमा अहिले तपाईंहरूको सभा हुने ठाउँको अवस्थाबारे जानकारी दिनुपर्छ। साधारणतया, राज्यभवन निर्माण एकाइलाई फोटोहरू पठाएर सभा हुने ठाउँको अवस्थाबारे सजिलै बुझाउन सकिन्छ। साथै प्रकाशकहरूको कुल सङ्‌ख्या, जनसभा र प्रहरीधरहरा अध्ययनको औसत उपस्थिति, गत छ महिनाको अनुदान रिपोर्ट (विश्‍वव्यापी कार्य, विश्‍वव्यापी राज्यभ⁠वन निर्माण र हाम्रो मण्डलीको खर्चको अनुदान रिपोर्टसमेत) पनि पठा⁠उनु⁠पर्छ।

१३ सम्भव हुने ठाउँहरूमा नयाँ राज्यभवन विभिन्‍न मण्डली मिलेर चलाउन भनिन सक्छ। यसो गरेर प्राप्त अनुदान बुद्धिमानीसाथ चलाउन सकिन्छ र मण्डलीहरूले राज्यभवनको सञ्चालन र मर्मतसम्भारमा लाग्ने खर्च मिलेर बेहोर्न सक्छन्‌। सम्भव भएसम्म सबैभन्दा धेरै प्रकाशकले फाइदा उठाउने ठाउँमा राज्यभवन निर्माण गर्न प्राथमिकता दिइन्छ।

१४. कस्ता कुराहरूमा राज्यभवन निर्माण एकाइका प्रतिनिधिहरूले तालिम पाएका हुन्छन्‌?

१४ निर्माणको आवश्‍यकताबारे राज्यभवन निर्माण एकाइले चिठी प्राप्त गर्छ। त्यसपछि स्थानीय एल्डरहरूको निकाय, सम्भव छ भने क्षेत्रीय निरीक्षक र नयाँ राज्यभवनले एउटाभन्दा धेरै मण्डलीलाई असर गर्छ अनि त्यस राज्यभवनबाट लाभ उठाउन सक्छ भने नजिकका मण्डलीका एल्डरहरूका निकायहरूसित भेट्‌न निर्माण एकाइले आफ्ना प्रतिनिधिहरू पठाउनेछ। राज्यभवनको साँच्चै आवश्‍यकता छ कि छैन पक्का गर्न, उपयुक्‍त जग्गा खोज्न, सबै कानुनी आवश्‍यकता पूरा गर्न र यस कार्यसित सम्बन्धित बाइबल सिद्धान्त बुझ्नको लागि एल्डरहरूका निकायहरूलाई मदत गर्न यी प्रतिनिधिहरूलाई तालिम दिइएको हुन्छ।

१५, १६. (क) एउटाभन्दा धेरै मण्डलीले राज्यभवन प्रयोग गर्ने हो भने क्षेत्रीय निरीक्षकसित कुन विषयमा सल्लाह गर्नुपर्छ? (पृ. ६ को पेटी हेर्नुहोस्‌) (ख) निर्माण परियोजनाको लागि लाग्ने खर्च र मण्डलीले कति अनुदान दिन सक्छ भनी हिसाब गर्दा कुन महत्त्वपूर्ण बाइबल सिद्धान्त विचार गर्नुपर्छ र किन?

१५ निर्माण परियोजनामा एउटाभन्दा धेरै मण्डली सम्मिलित हुने कुरा छ भने निर्माणकार्य पूरा भएपछि मण्डलीहरूलाई गाभेर एउटै बनाउन सक्ने सम्भावना छ कि भनेर एल्डरहरूका निकायहरूले आपसमा छलफल गर्नुपर्छ। विभिन्‍न मण्डलीलाई गाभेर एउटै बनाउने काम क्षेत्रीय निरीक्षकसित सरसल्लाह गरेर अनि सेवा विभागको स्वीकृति लिएर मात्र गर्नुपर्छ। यसबाहेक निर्माण परियोजनाको लागि के-कति खर्च लाग्छ भनेर थाह पाउनु पनि महत्त्वपूर्ण छ। राज्यभवन निर्माण एकाइले लूका १४:२८ मा येशूले भन्‍नुभएको सिद्धान्तअनुसार काम गर्छ, जहाँ यसो भनिएको छ: “तिमीहरूमध्ये को यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि, त्यो बनाइसिद्धयाउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन?” सोसाइटीबाट आर्थिक सहयोग प्राप्त गरेमा उक्‍त रकम चुक्‍ता गर्नको लागि र राज्यभवन निर्माण परियोजनाको लागि मण्डलीले कति अनुदान दिन सक्छ भनेर थाह पाउन एल्डरहरूले एउटा सर्वेक्षण गर्नेछन्‌। यो सर्वेक्षण एल्डरहरूले राज्यभवन निर्माण एकाइका प्रतिनिधिहरूलाई भेटिसकेपछि गर्नेछन्‌।

१६ यी अनुदानहरूको लागि कस्तो प्रबन्ध गर्न सकिन्छ? आफूले कबुल गरेको रकम मण्डलीका प्रकाशकहरूले ‘हाम्रो मण्डलीको खर्चको लागि’ भनेर लेखिएको अनुदान बाकसमा खसाल्न सक्छन्‌। महिनाको खर्च हिसाब गरेर आफूलाई अनावश्‍यक भार नपर्ने गरी कति अनुदान दिन सकिन्छ, परिवार तथा व्यक्‍तिविशेषले विचार गर्न सक्छन्‌।​—⁠१ कोरि. १६:​१, २.

१७. राज्यभवन निर्माण परियोजना सुरु गर्नुअघि मण्डलीले के-कस्ता प्रस्तावनाहरू पारित गर्नै पर्छ?

१७ नयाँ राज्यभवन निर्माण गर्न चाल्नुपर्ने अर्को कदम भनेको यी प्रस्तावनाहरू पारित गर्नु हो: (१) सोसाइटीले पहिल्यै तयार पारेको डिजाइन र फिनिसिङ स्वीकार्नु, (२) राज्यभवन निर्माणको लागि छानिएको जग्गा स्वीकार्नु र (३) मासिक अनुदानको रकम तोक्नु र राज्यभवनको सञ्चालन तथा मर्मतसम्भारको खर्च बेहोर्ने जिम्मा लिनु। प्रस्तावना पारित गरेपछि जग्गा किन्‍नुपर्छ र कन्ट्री कमिटीको निर्देशनअनुसार कानुनी रूपमा सुरक्षित हुनेगरि जग्गाको स्वामित्व कायम गर्नुपर्छ।

१८. सङ्‌गठनको निर्देशन पालन गर्नु र प्रार्थनापूर्वक यहोवामाथि भर पर्नु किन महत्त्वपूर्ण छ?

१८ उपासनाको लागि सुहाउँदो जग्गा वा भवन किन्‍नु सजिलो नभएकोले नयाँ राज्यभवन निर्माणको लागि चाल्नुपर्ने सम्पूर्ण प्रक्रिया चुनौतीपूर्ण र समय खाने प्रकारको छ। तर सङ्‌गठनको निर्देशन पालन गरेर अनि प्रार्थनापूर्वक यहोवामाथि भर परेर अझ धेरै राज्यभवनहरू बनाउन सक्ने कुरामा हामी विश्‍वस्त छौं।

यस नयाँ प्रबन्धबाट प्राप्त उल्लेखनीय नतिजाहरू

१९. के राज्यभवन निर्माण कार्यक्रममा यहोवाको आशिष्‌ स्पष्टै देखिन्छ र यस कार्यक्रमलाई हामी कसरी सहयोग गर्न सक्छौं?

१९ नोभेम्बर, १९९९ मा सीमित स्रोतसाधन भएका देशहरूमा राज्यभवन निर्माण गर्ने कार्यक्रम सुरु भएदेखि यता १४४ देशमा २३,०३८ वटा राज्यभवन निर्माण भइसकेको छ। संसारभरिका भाइबहिनीले माया गरेर दिएको अनुदानको कारण यस्तो “समानता” सम्भव भएको छ। यही कारणले गर्दा ‘जुन मण्डलीसित धेरै छ, त्यसलाई अति नै धेरै भएको छैन अनि जुन मण्डलीसित थोरै छ, त्यसलाई अति नै थोरै भएको छैन।’ (२ कोरि. ८:​१४, १५) गर्नुपर्ने काम अझ धेरै छ। यस कार्यक्रमले कत्तिको सफलता हासिल गर्नेछ भन्‍ने कुरा धेरै हदसम्म हाम्रै देशका भाइबहिनीबाट कति अनुदान प्राप्त हुन्छ, त्यसमा निर्भर हुन्छ। भविष्यमा यहोवाले राज्यभवन निर्माण कार्यक्रममा कसरी आशिष्‌ दिइरहनुहुनेछ भनेर हेर्न हामी उत्सुक छौं।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

ठूलो रकम अनुदान, जग्गा अनुदान र निर्माण सामग्री अनुदान

[पृष्ठ ६-मा भएको पेटी]

◼ ठूलो रकम अनुदान गर्न चाहनेले राज्यभवन निर्माणको लागि भनेर सीधै कन्ट्री अफिसको खातामा पैसा जम्मा गराउन सक्छन्‌। अनुदान दिने व्यक्‍तिले कुनै निश्‍चित निर्माण परियोजनाको लागि भनेर अनुदान दिन सक्छन्‌। थप निर्देशनको लागि अनुदान दिने व्यक्‍तिले कन्ट्री अफिसलाई पत्राचार गर्नुपर्छ।

◼ जग्गा अनुदान गर्न चाहने व्यक्‍तिले जग्गा भएको ठाउँ, जग्गाको नाप, जग्गाको कानुनी अवस्था र आफ्नो कुनै सर्त छ कि, त्यसबारे सबै खुलाएर कन्ट्री अफिसलाई चिठी लेख्नुपर्छ। अनुदान गरिएका सबै जग्गा राज्यभवन निर्माण गर्न चाहिने मापदण्डभित्र नपर्न सक्छ। यदि जग्गाधनीले राज्यभवन निर्माण गर्ने सर्तमा अनुदानस्वरूप दिएको जग्गा राज्यभवन निर्माण परियोजनाको लागि सुहाउँदो छैन भने त्यसलाई अस्वीकृत गर्ने अधिकार कन्ट्री अफिससित छ।

◼ निर्माण सामग्री अनुदान गर्न चाहनेहरूले राज्यभवन निर्माण एकाइ वा मण्डलीको निर्माण परियोजनामा खटाइएका निरीक्षकलाई सम्पर्क राख्नुपर्छ। सोसाइटीले पहिल्यै निर्धारण गरेको फिनिसिङका सामग्रीहरू मात्र स्वीकृत हुनेछ। यदि त्यसमा उल्लेख नगरिएका सामग्रीहरू हो भने कन्ट्री कमिटीबाट स्वीकृति लिनुपर्नेछ।

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

इन्डोनेसियाको राज्यभवन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने