घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्न अथक प्रयास गर्नुहोस्। स्मरणार्थ वा अन्य ईश्वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्गति नगरेकाहरूसित बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्।
◼ सन् २०१२ को स्मरणार्थपछि दिइने विशेष जनभाषणको विषय हो: “के अन्त हामीले सोचेभन्दा नजिकै छ?”
◼ तपाईं घुम्न जान लागेको मुलुकको नाउँ हालैको सेवा वर्षको रिपोर्टमा उल्लेख गरिएको छैन वा हालैको वार्षिक पुस्तक-को (अङ्ग्रेजी) अन्तिम पृष्ठको ठेगानामा छैन भने अपनाउनुपर्ने सावधानी र पछ्याउनुपर्ने कुनै विशेष निर्देशनबारे पक्का हुन कृपया आफ्नो देशको शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्। तपाईं जान लागेको स्थानमा राज्य गतिविधिमाथि केही खास प्रतिबन्ध लगाइएको पनि हुन सक्छ। (मत्ती १०:१६) कुनै-कुनै देशमा घुम्न गएकाहरूले स्थानीय मण्डलीलाई वा त्यहाँका भाइबहिनीलाई सम्पर्क राख्नु उपयुक्त नहुन सक्छ। अनौपचारिक साक्षी दिने वा साहित्यहरू लैजाने विषयमा तपाईंलाई अन्य जानकारी दिइन पनि सक्छ। दिइएको निर्देशन पालन गर्नुभयो भने तपाईं झमेलामा पर्नुहुनेछैन वा राज्य गतिविधि अनावश्यक झन्झटमा पर्नेछैन।—१ कोरि. १४:३३, ४०.