प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 मार्च pp. ३-४
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 मार्च pp. ३-४

परिचालक निकायको पत्र

यहोवाका प्रिय सँगी साक्षीहरू,

वफादार भई यहोवाको सेवा गरिरहेका तपाईं ७० लाखभन्दा धेरै भाइबहिनीलाई पत्र लेख्न पाउँदा हामी असाध्यै खुसी छौं। सँगी विश्‍वासी संसारको जुनसुकै ठाउँका होऊन्‌, तिनलाई भेट्‌नेबित्तिकै तपाईंलाई आफ्नै मान्छे भेटेको जस्तो महसुस हुन्छ। (यूह. १३:३४, ३५) तपाईंले यस्तो आत्मीयता वार्षिक पुस्तक २०१२ मा संसारभरि रहेका हाम्रा भाइबहिनीको विश्‍वास अनि वफादारीबारे रोचक अनुभवहरू पढ्‌दा महसुस गर्नुहुनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

तपाईंहरूमध्ये धेरैजसोले पारिवारिक उपासनाको प्रबन्धलाई गम्भीरतासाथ लिंदै हुनुहुन्छ भन्‍ने कुरा संसारभरिबाट प्राप्त रिपोर्टले देखाउँछ। तपाईं आमाबाबुले साना छोराछोरीको ध्यान छिनछिनमा भङ्‌ग नहोस्‌ भनेर थुप्रै रोचक तरिका प्रयोग गरिरहनुभएको छ। (एफि. ६:४) पति-पत्नी सँगै मिलेर पारिवारिक उपासना गर्दा तिनीहरू अझै घनिष्ठ भएका छन्‌। (एफि. ५:२८-३३) हो, परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्न मदत दिने यस प्रबन्धले गर्दा व्यक्‍तिविशेष अनि पूरै परिवारले लाभ उठाइरहेका छन्‌।—यहो. १:८, ९.

हालै भएका प्राकृतिक प्रकोपले गर्दा ठूलो क्षति बेहोर्नुपरेका सबै भाइबहिनीको दुःख हामीले बुझेका छौं। त्यस्तो विपत्तिको घडीमा हिचकिचाहटबिना राहतकार्यमा सहयोग पुऱ्‍याएका सबैलाई हामी यस मौकामा धन्यवाद दिन चाहन्छौं। (प्रेषि. ११:२८-३०; गला. ६:९, १०) साथै आफ्नो मण्डलीका भाइबहिनीको भौतिक आवश्‍यकता बुझेर तिनीहरूलाई सहयोग गर्न अग्रसर हुनेहरू पनि प्रत्येक मण्डलीमा छन्‌। बाइबल पात्र तबीताजस्तै तपाईं पनि “थुप्रै असल काम र दानपुण्य” गर्नुहुन्छ। (प्रेषि. ९:३६) यहोवा हामीले गरिरहेको काम याद गर्नुहुन्छ र त्यसैअनुसार हामीलाई इनाम दिनुहुन्छ भनेर विश्‍वस्त हुनुहोस्‌।—मत्ती ६:३, ४.

केही देशका सरकारले ‘नियमद्वारा अधर्म रचेर’ तपाईंहरूको अधिकार हनन गरेका छन्‌। (भज. ९४:२०-२२) त्यस्तो खेदो भोग्नुपर्नेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो भनी बुझेकोले नै तपाईंहरू साहसी भई त्यस्तो खेदो सहँदै हुनुहुन्छ र यहोवालाई आफ्नो शरणस्थान बनाइरहनुभएको छ। (यूह. १५:१९, २०) तपाईंको “आशाको कारणबारे” सोध्नेहरूलाई “जवाफ दिन सधैं तयार” हुँदा हामी पनि तपाईं प्रिय भाइबहिनीहरूलाई आफ्नो प्रार्थनामा सधैं सम्झन्छौं भनेर ढुक्क हुनुहोस्‌।—१ पत्रु. ३:१३-१५.

सैतानले चालै नपाउने तरिकामा अनैतिक आनीबानी सर्वत्र फैलाइरहेको भए तापनि हरेक वर्ष तपाईंहरूले आफ्नो नैतिक स्वच्छता कायम राख्नुभएकोमा हामी तपाईंहरूको सराहना गर्छौं। संसारका मानिसहरूको नैतिक स्तर दिनानुदिन खस्कँदै गइरहेको समयमा तपाईंहरूले येशूबाट “उहाँको पराक्रमी शक्‍तिबाट तागत हासिल” गर्दै हुनुहुन्छ। (एफि. ६:१०) “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण” गरेकोले तपाईंहरू “दियाबलका दाउपेचहरू”-विरुद्ध दृढ भएर खडा हुन सक्नुभएको छ। (एफि. ६:११, १२) तपाईंले बसालेको उदाहरणले गर्दा यहोवाले आफ्नो आलोचक सैतानलाई मुखभरिको जवाफ दिन सक्नुभएको छ भनेर नबिर्सनुहोस्‌।—हितो. २७:११.

सन्‌ २०११ मा १,९३,७४,७३७ जना येशूको मृत्युको स्मरणार्थमा उपस्थित भएको थाह पाउँदा हामी एकदमै खुसी भयौं। गत वर्ष अप्रिलमा सहायक अग्रगामी सेवा गर्न तपाईंहरूले गरेको प्रयासले गर्दा नै यति धेरै मानिस स्मरणार्थमा उपस्थित हुन सकेका हुन्‌। यहोवाका वफादार सेवकहरूले सोरमा सोर मिलाएर उहाँको प्रशंसा गरिरहेका छन्‌ र लाखौं मानिसले त्यो सोर सुनिरहेका छन्‌। (रोमी १०:१८) उक्‍त महिना सहायक अग्रगामी सेवा गरेका २६,५७,३७७ जनामध्ये तपाईं पनि हुनुहुन्थ्यो होला। होइन भने पनि तपाईंले कुनै न कुनै तरिकामा प्रचारकार्यमा आफ्नो गतिविधि बढाउन सक्दो कोसिस गर्नुभयो। तपाईंहरू सबैको यस्तो इच्छुक मनोभाव अनि जोस देखेर हामी असाध्यै खुसी छौं।—भज. ११०:३; कल. ३:२३.

गत वर्ष २,६३,१३१ जनाले बप्तिस्मा गरेर यहोवालाई आफ्नो जीवन समर्पण गरे। यी नयाँ भाइबहिनी दिनुभएकोमा हामी यहोवालाई धन्यवाद दिन्छौं। अनि यो निम्तो बाँड्‌ने काममा सामेल हुनुभएकोमा हामी तपाईंहरूलाई पनि धन्यवाद दिन्छौं: “‘आऊ!’ त्यसैगरि, जसले सुन्छ, उसले भनोस्‌: ‘आऊ!’ जो तिर्खाउँछ, ऊ आओस्‌; अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैंमा लेओस्‌।” (प्रका. २२:१७) विशेषगरि सन्‌ २०११ को जिल्ला अधिवेशनमा परमेश्‍वरको स्थापित राज्यका विभिन्‍न पक्षबारे बुझिसकेपछि हामीले अझै अर्थपूर्ण तरिकामा यसो भन्‍न सकेका छौं: “परमेश्‍वरको राज्य आओस्‌!” येशूले “म छिट्टै आउँदैछु” भनेर दिएको आश्‍वासनले गर्दा हामी मनैदेखि प्रेषित यूहन्‍नाको सोरमा सोर थप्दै यसो भन्छौं: “आमिन! हे प्रभु येशू, आउनुहोस्‌।”—प्रका. २२:२०.

त्यस रोमाञ्चक दिनको प्रतीक्षा गर्दै यहोवालाई “कामद्वारा साँचो प्रेम” देखाइरहेका तपाईं प्रत्येक भाइबहिनीलाई हामी साँच्चै माया गर्छौं भन्‍ने कुरामा आश्‍वस्त हुनुहोस्‌।—१ यूह. ३:१८.

तपाईंका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने