प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 अप्रिल p. ५
  • थोरै मोलका दुई साना सिक्का

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • थोरै मोलका दुई साना सिक्का
  • हाम्रो राज्य सेवा—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • सबै जनाले भन्दा उनले धेरै खसाली
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • यहोवा पूरा मनतनको सेवाको कदर गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उदारताले आनन्द दिन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • मन्दिरमा येसुको अन्तिम दिन
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१२
km12 अप्रिल p. ५

थोरै मोलका दुई साना सिक्का

राज्यसम्बन्धी सम्पूर्ण कुरालाई समर्थन गर्ने एउटा महत्त्वपूर्ण तरिका विश्‍वव्यापी प्रचारकार्यको लागि आर्थिक सहयोग दिनु हो। तर हाम्रो आर्थिक अवस्था राम्रो छैन भने नि?

एक पटक येशूले एउटी गरिब विधवालाई मन्दिरको दानपात्रमा असाध्यै थोरै मोलका दुई साना सिक्का खसालेको देख्नुभयो। यहोवाप्रतिको मायाले गर्दा तिनी “अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा” खसाल्न उत्प्रेरित भइन्‌। (मर्कू. १२:४१-४४) यहोवाको नजरमा यस विधवाको अनुदान ठूलो मोलको थियो भनेर सङ्‌केत गर्नलाई नै येशूले यस घटनाबारे बताउनुभएको थियो। त्यसैगरि प्रथम शताब्दीका ख्रीष्टियनहरू, गरिब होस्‌ या धनी, आफूले सकेजति अनुदान दिन्थे। तिनीहरू यसरी भौतिक अनुदान दिनुलाई सम्मानको कुरा ठान्थे। प्रेषित पावलले दान दिने सन्दर्भमा म्यासिडोनियाका मण्डलीको उदाहरण दिए। “आफू कङ्‌गाल हुँदाहुँदै पनि” म्यासिडोनियाका ख्रीष्टियनहरूले ‘दान दिने सुअवसर पाऊँ भनी स्वेच्छाले बिन्ती गरिरहे।’—२ कोरि. ८:१-४.

त्यसकारण यदि हामी पनि “थोरै मोलका दुई साना सिक्का”-मात्र खसाल्न सक्ने अवस्थामा छौं भने पनि थोरै-थोरै अनुदानबाट नै धेरै अनुदान जम्मा हुन्छ भन्‍ने कुरालाई कहिल्यै नबिर्सौं। मनबाटै उत्प्रेरित भएर दान दिंदा स्वर्गमा बस्ने हाम्रो उदार बुबा प्रसन्‍न हुनुहुनेछ “किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरि. ९:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने