घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्न अथक प्रयास गर्नुहोस्। स्मरणार्थ वा अन्य ईश्वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्गति नगरेकाहरूसित बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्। जून: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। जुलाई अनि अगस्त: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस् अथवा घरधनीको आवश्यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।
◼ कतै घुम्न जाने योजना बनाउँदा अर्को मुलुकमा हुने जिल्ला अधिवेशनमा पनि उपस्थित हुनुहुन्छ भने हाम्रो वेब साइट jw.org को Conventions (अधिवेशन) लिङ्कको Lookup (खोज्नुहोस्) ट्याबमा क्लिक गर्नुभयो भने मदतकारी जानकारी पाउनुहुनेछ।
◼ मे ७, २०१२ मा सुरु हुने हप्तादेखि ईश्वरतान्त्रिक सेवा स्कूलमा ईश्वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस् किताब प्रयोग गरिनेछ। स्कूल निरीक्षक पहिले नै यस किताबको विषयवस्तुसित परिचित हुनुपर्छ।