क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
नोभेम्बर २०११
नेपालमा आयोजना गरिएको ‘परमेश्वरको राज्य आओस्!’ जिल्ला अधिवेशनमा यहोवाले प्रशस्त आशिष् दिनुभयो। नोभेम्बर महिनामा काठमाडौं सहरमा दुइटा अधिवेशन आयोजना गरियो। ती अधिवेशनमा कुल ३,०८४ जना उपस्थित भए जुन गत वर्षको तुलनामा ११.५ प्रतिशतले धेरै हो। ती अधिवेशनमा ६६ जनाले बप्तिस्माद्वारा आफ्नो समर्पणको आमघोषणा गरे। प्रकाशकहरूको सङ्ख्या १,६२१ पुगेको जानकारी दिन पाउँदा पनि हामीलाई खुसी लागेको छ। यो अहिलेसम्मकै शिखर सङ्ख्या हो।