क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
डिसेम्बर २०११
यो महिना पूर्वी नेपालमा एउटा नयाँ पृथक समूह स्थापना भएको छ। अहिले नेपालमा जम्मा २२ वटा मण्डली अनि ११ वटा पृथक समूह छन्। डिसेम्बर महिनाको दुई वटा शिखर सङ्ख्याबारे जानकारी दिन पाउँदा हामी खुसी छौं। यो महिना प्रकाशकहरूको सङ्ख्या १,६२६ र नियमित अग्रगामी सेवकहरूको सङ्ख्या ३८१ पुगेर नयाँ शिखर कायम भएको छ।