प्रश्न पेटी
◼ मृत्युपछि हाम्रो सम्पत्तिको केही अंश अथवा सम्पूर्ण सम्पत्ति नै यहोवाको सङ्गठनलाई दिन चाहन्छौं भने हामीले कुन कुरामा विचार पुऱ्याउनुपर्छ?
मृत्युपछि मानिसको आफ्नो भौतिक सरसम्पत्तिमाथि कुनै नियन्त्रण वा अधिकार रहँदैन। (उप. ९:५, ६) त्यसैकारण थुप्रैले आफ्नो शेषपछि आफूले इच्छाएको व्यक्तिले नै आफ्नो सरसम्पत्ति पाओस् भनेर पहिल्यै वसियतनामा वा कोष बनाएका हुन्छन्। (२ राजा २०:१) मृतकले शेषपछि कसलाई आफ्नो वारेस वा शेषपछिको व्यक्तिको रूपमा छानेका छन्, त्यो पनि यस्तो कानुनी कागजपत्रमा खुलाइएको हुन्छ। यस्तो किसिमको कानुनी कागजपत्र बनाइएको छैन भने थुप्रै मुलुकमा सरकारले नै मृतकको सम्पत्ति कसरी अनि कसलाई बाँड्ने हो, निर्णय गरिदिन्छ। त्यसैले आफ्नो सरसम्पत्ति कसलाई अनि कसरी (जस्तै आफ्नो सरसम्पत्तिको केही अंश वा सम्पूर्ण सम्पत्ति यहोवाको सङ्गठनलाई दान दिन चाहन्छौं भने) बाँडिएको हामी चाहन्छौं, यसबारे कानुनी कागजपत्रमा प्रस्ट लेख्नु अत्यन्तै जरुरी छ र वारेस वा शेषपछिको व्यक्ति होसियारीसाथ छान्नुपर्छ।
वारेस वा शेषपछि भनेर छानिएको व्यक्तिको जिम्मावारी निकै ठूलो छ। सम्पत्ति अथवा जायजेथा कति छ खोजेर फेरि बाँड्न थुप्रै जानकारी सङ्कलन गर्नु पर्ने हुन्छ र निकै समय लाग्न सक्छ। यसबाहेक काम कसरी अघि बढाउने, त्यसबारे सरकारले नीति-नियम तोकिदिएको हुन्छ र ती नीति-नियम पालन गर्नै पर्छ। वारेस वा शेषपछि भनेर छानिएको व्यक्तिले गर्नुपर्ने जिम्मेवारी वहन गर्न मण्डलीको जुनसुकै भाइ अथवा बहिनी सक्षम हुन्छन् भन्ने छैन। त्यसैले सक्षम, भरोसायोग्य र हाम्रो इच्छा पूरापूर पालन गर्न सक्ने भनेर चिनिएका व्यक्तिलाई नै हामीले वारेस वा हाम्रो शेषपछिको व्यक्तिको रूपमा छान्नुपर्छ।
वारेस वा शेषपछिको व्यक्ति हुन आग्रह गरिएको छ भने: तपाईंलाई कसैले वारेस वा शेषपछिको व्यक्ति हुन आग्रह गरेका छन् भने सबैभन्दा पहिले यो जिम्मेवारी स्वीकार्न के-कति समय लगाउनुपर्छ विचार गरिसकेपछि त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ कि हुन्न पक्का गरेर प्रार्थनापूर्वक निर्णय गर्नुहोस्। (लूका १४:२८-३२) मृतकको इच्छापत्रमा अपुताली पाउने भनी ज-जसको नाम लेखिएको छ, तपाईंले तिनीहरूलाई खबर गर्नुपर्छ। खबर गरिसकेपछि तपाईंले कानुनबमोजिम र वसियतनामा वा कोषमा निर्देशनदिएबमोजिम सम्बन्धित व्यक्तिहरूलाई सम्पत्ति बाँडफाँड गरिदिनुपर्छ। यो तपाईंको जिम्मेवारी हो। सम्पत्ति धेरै होस् वा थोरै, वारेस वा शेषपछि भनेर छानिएको व्यक्तिले वसियतनामा वा कोषमा लेखिएअनुसार नै गर्नुपर्छ; वारेस हुँदैमा त्यसमा लेखिएको कुरालाई बेवास्ता गर्न मिल्दैन। यहोवाका साक्षीहरूले प्रयोग गर्ने कानुनी संस्थामा दान दिइएको जस्तोसुकै सम्पत्तिमा सङ्गठनको हक लाग्छ।—लूका १६:१०; २१:१-४.