प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ११/१५ pp. ८-९
  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • अरूको आवश्‍यकता पूरा गर्न कसरी मदत गर्न सक्छौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “यो काम महान्‌ छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • राजीखुसीले दिनेलाई यहोवा प्रशस्त आशिष्‌ दिनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ११/१५ pp. ८-९

तिनीहरूको प्रशस्तताबाट खाँचो टऱ्‍यो

इस्वी संवत्‌ ४९ को कुरा हो। “मण्डलीका खम्बाहरू ठानिएका” पत्रुस, याकूब र यूहन्‍नाले प्रेषित पावल र तिनका सहकर्मी बर्णाबासलाई एउटा काम अह्राए। अन्यजातिका मानिसहरूलाई प्रचार गर्दा तिनीहरूले गरिब ख्रीष्टियनहरूलाई पनि याद गर्नुपर्नेथियो। (गला. २:९, १०) तिनीहरूले यो काम कसरी पूरा गरे?

पावलले यस मामिलालाई ध्यान दिएको कुरा तिनका पत्रहरूले प्रस्ट पार्छ। उदाहरणको लागि, तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई लेखे: “पवित्र जनहरूको निम्ति उठाइने चन्दाको विषयमा गलातियाका मण्डलीहरूलाई मैले जे आदेश दिएँ, तिमीहरूले पनि त्यहीबमोजिम गर। हरेक हप्ताको पहिलो दिन तिमीहरू सबैले आ-आफ्नो आम्दानीअनुसार आफ्नो घरमा केही छुट्याएर राख्नू, ताकि म आउँदा चन्दा सङ्‌कलन गर्न नपरोस्‌। अनि तिमीहरूले ज-जसलाई पत्रमार्फत सिफारिस गरेका छौ, म त्यहाँ आएपछि तिनीहरूलाई नै तिमीहरूको चन्दा दिएर यरूशलेम पठाउँला।”—१ कोरि. १६:१-३.

चन्दा उठाउनुको उद्देश्‍य दोहोऱ्‍याउँदै पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई दोस्रो पत्रमा यस्तो लेखे: “समानताको हिसाबले अहिले तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्‌।”—२ कोरि. ८:१२-१५.

इस्वी संवत्‌ ५६ तिर पावलले रोमका ख्रीष्टियनहरूलाई पत्र लेख्दा चन्दा उठाउने काम लगभग सिद्धिसकेको थियो। तिनले लेखे: “म पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर जाने तरखर गर्दैछु। किनकि यरूशलेमका पवित्र जनहरूमध्ये जो-जो गरिब छन्‌, तिनीहरूका लागि भनेर म्यासिडोनिया र अखैयाकाहरूले खुसीसाथ दान दिएका छन्‌।” (रोमी १५:२५, २६) यसको अलिक समयपछि, पावलले आफूलाई सुम्पिइएको काम पूरा गरे। हामी किन यसो भन्‍न सक्छौं? यरूशलेम फर्केपछि गिरफ्तार हुँदा पावलले रोमी राज्यपाल फेलिक्सलाई यसो भने: “मेरो आफ्नै जातिका मानिसहरूलाई दान दिन र भेटी चढाउन . . . म आएँ।”—प्रेषि. २४:१७.

पावलले म्यासिडोनियालीहरूबारे भनेको कुराबाट प्रथम शताब्दीका ख्रीष्टियनहरूले देखाएको मनोभाव प्रस्ट हुन्छ। ‘दान दिने सुअवसर पाऊँ भनी तिनीहरूले हामीलाई बिन्ती गरिरहे’ भनी पावलले बताए। तिनले कोरिन्थका ख्रीष्टियनहरूलाई यस्तै मनोभाव अनुकरण गर्न आग्रह गरे। तिनले भने: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” यस्तो उदारता देखाउन मण्डलीहरू उत्प्रेरित हुनुको कारण के थियो? “पवित्र जनहरूका आवश्‍यकता प्रशस्त गरी पूरा गर्नका लागि मात्र होइन तर परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउनका निम्ति पनि” तिनीहरू यसरी उत्प्रेरित भएका थिए। (२ कोरि. ८:४; ९:७, १२) हामी उदार हुनुमा पनि यस्तै कारण हुन सक्छन्‌। यस्तो असल र निःस्वार्थ मनोभावमाथि यहोवाले पक्कै आशिष्‌ वर्षाउनुहुनेछ। अनि उहाँको आशिष्‌ले नै मानिसलाई धनी बनाउँछ।—हितो. १०:२२.

विश्‍वव्यापी कार्यका लागि अनुदान दिने तरिकाहरू

प्रेषित पावलको समयमा जस्तै आज थुप्रैले “केही” पैसा ‘छुट्याएर राख्छन्‌’ अनि “विश्‍वव्यापी कार्य” लेखिएको मण्डलीको अनुदान बाकसमा खसाल्छन्‌। (१ कोरि. १६:२) हरेक महिना मण्डलीहरूले यो पैसा आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। यो अनुदान तपाईंले आफ्नो देशमा यहोवाका साक्षीहरूले प्रयोग गरिरहेको कानुनी संस्थामा सीधै पठाउन पनि सक्नुहुन्छ।a तपाईंले सीधै पठाउन सक्ने अनुदान देहाएबमोजिम छन्‌:

निशर्त अनुदान

  • नगद, गरगहना तथा अन्य बहुमूल्य निजी सम्पत्ति।

  • यस्तो नगद वा अन्य सामग्री पठाउँदा त्यो निशर्त अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

सशर्त अनुदानको प्रबन्धb

  • अनुदान दिने व्यक्‍तिलाई आवश्‍यक परेमा फिर्ता गर्ने गरी दिइने नगद अनुदान।

  • उक्‍त अनुदान सशर्त अनुदान हो भनेर पत्र पनि पठाउनुहोस्‌।

परोपकारी योजनाc

विश्‍वव्यापी राज्यसेवालाई नगद र बहुमूल्य निजी सम्पत्तिबाहेक अन्य कुरा दिएर पनि टेवा पुऱ्‍याउन सकिन्छ। ती तल सूचीमा दिइएका छन्‌। यीमध्ये जुनसुकै तरिका प्रयोग गरे तापनि पहिला आफ्नो देशको शाखा कार्यालयसित सम्पर्क गरेर स्थानीय तवरमा उपलब्ध तरिका पत्ता लगाउनुहोस्‌। हरेक देशको कानुनी आवश्‍यकता र करसम्बन्धी नियम फरक हुने भएकोले अनुदान दिने सबैभन्दा उपयुक्‍त तरिका छान्‍नुअघि कर तथा कानुनसम्बन्धी योग्य परामर्शदाताहरूको सल्लाह लिनु एकदमै महत्त्वपूर्ण छ।

बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको नियमअनुसार यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई दिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई निशर्त दानको रूपमा अनुदान दिन सकिन्छ वा मृत्युपछिको हकवालाको रूपमा राख्न सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई निशर्त दानको रूपमा दिन सकिन्छ वा दाताले उपभोग गरिरहेको घर-जग्गाचाहिं तिनी बाँचुन्जेल तिनले नै प्रयोग गर्न सक्ने गरी दिन सकिन्छ।

वार्षिक भत्ता पाउने गरी दिइने दान:d कुनै व्यक्‍तिले रकम अथवा जायजेथा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई अनुदान दिन सक्छ। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने अनुदानको प्रबन्ध गरेको वर्षमा दाताले आयकरमा केही छुट पाउँछ।

वसियतनामा तथा कोष: जायजेथा वा पैसालाई कानुनी वसियतनामाद्वारा यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई हस्तान्तरण गर्न सकिन्छ अथवा उक्‍त संस्थालाई कोषको हकदार बनाउन सकिन्छ। यस प्रबन्धले गर्दा करसम्बन्धी केही छुट पाउन सकिन्छ।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी अनुदानका केही तरिकाद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिस भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड  शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ।e कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि विभिन्‍न तरिकामा कसरी दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको हो। आफ्नो देशको करसम्बन्धी वा अन्य कानुनी नियमहरूले गर्दा यस पुस्तिकामा भएको जानकारी तपाईंको अवस्थासित हुबहु नमिल्न सक्छ। त्यसैले यो पुस्तिका पढेपछि कानुनी वा कर परामर्शदातासित सल्लाह गर्नुपर्छ। परोपकारी अनुदान दिने यस्ता तरिकाहरू प्रयोग गरेर धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले करमा धेरै छुट पाएका छन्‌। तपाईंको देशमा यो पुस्तिका उपलब्ध छ भने आफ्नो मण्डलीको सचिवबाट एक प्रति प्राप्त गर्न सक्नुहुन्छ।

थप जानकारीको लागि तपाईंले पत्र लेखेर वा टेलिफोनद्वारा तल दिइएको ठेगानामा अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

a नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “Jehovah’s Witnesses of India” को नाममा भुक्‍तान हुने गरी पठाउनुपर्छ।

b नेपालमा लागू हुँदैन

c अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

d नेपालमा लागू हुँदैन

e नेपालमा उपलब्ध छैन। भारतमा “च्यारिटेबल प्लानिङ लिफलेट” चाँडै अङ्‌ग्रेजी, आसामी, कन्‍नडा, कोंकनी, गुजराती, तामिल, तेलगु, पंजाबी, बंगाली, मराठी, मल्यालम, मिजो, नेपाली र हिन्दी भाषामा उपलब्ध हुनेछ।

नेपालका लागि

यहोवाका साक्षीहरू समाज

पोस्ट बक्स नम्बर २४४३८

कुलेश्‍वर, काठमाण्डौं

फोन नम्बर: +९७७-१-४६७०९५८

भारतका लागि

Jehovah’s Witnesses of India

Post Box 6440,

Yelahanka,

Bangalore 560 064

Karnataka.

Telephone: (080) 28468072

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने