अगस्त १३ को हप्ताको तालिका
अगस्त १३ मा सुरु हुने हप्ता
गीत १८ र प्रार्थना
❑ मण्डली बाइबल अध्ययन:
gt अध्या. २६, २७ (२५ मि.)
❑ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल २८-३१ (१० मि.)
न. १: इजकिएल २८:१७-२६ (४ मि. वा कम)
न. २: इस्राएलको अन्तिम असल राजा—my कथा ७३ (५ मि.)
न. ३: प्रेमका परमेश्वर—ph पृ. १७-१८ अनु. १ (५ मि.)
❑ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: पुनःभेटको लागि जग बसाल्नुहोस्। दिइएका प्रश्नहरूमा आधारित छलफल:- (१) पहिलो भेटमा पुनःभेटको लागि जग बसाल्नु किन फाइदाजनक छ र हामी कसरी यसो गर्न सक्छौं? (२) घरधनीको चासोलाई कायम राख्न हामी कस्ता प्रश्न सोध्न सक्छौं र यस्ता प्रश्न कहाँ पाउन सक्छौं? (३) अर्को पटक छलफल गर्न दुवै जनाले रोजेको समयमा सहमत हुनु र सम्भव भएमा घरधनीको फोन नम्बर वा ई-मेल ठेगाना लिनु किन राम्रो हो? (४) हामीले सक्दो छिटो, हुन सक्छ भने केही दिनभित्रै पुनःभेट गर्ने प्रयास किन गर्नुपर्छ? (५) पहिलो भेटपछि हामीले कस्तो जानकारी लेख्नुपर्छ?
१० मि: एक वा दुई जना पूर्ण-समय सेवकको अन्तरवार्ता लिनुहोस्। पूर्ण-समय सेवा थाल्ने निर्णय गर्न तिनीहरूलाई कुन कुराले मदत गऱ्यो? पूर्ण-समय सेवामा लागिरहन तिनीहरूले कस्ता चुनौतीको सामना गर्नुपऱ्यो र यस सेवामा लागिरहन तिनीहरूलाई कुन कुराले मदत गऱ्यो? तिनीहरूले के-कस्ता आशिष् पाए? आउँदो सेवा वर्षमा नियमित अग्रगामी सेवा गर्ने विचार गर्न प्रकाशकहरूलाई प्रोत्साहन दिनुहोस्।
१० मि: “आफ्नो अन्तस्करण सुरक्षित राख्नुहोस्।” प्रश्न-उत्तर। विशेष सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्।
गीत ३२ र प्रार्थना