घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- अगस्त: यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, सबैका लागि उपयोगी किताब। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस् अथवा घरधनीको आवश्यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। सेप्टेम्बर अनि अक्टोबर: प्रहरीधरहरा पत्रिका। पुनःभेट गर्दा बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्नुहोस् अथवा घरधनीको आवश्यकतालाई ध्यानमा राख्दै सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटा दिनुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। नोभेम्बर अनि डिसेम्बर: यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?, निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन। घरधनीले चासो देखाएमा बाइबलले सिकाउँछ किताब अथवा सृष्टिकर्ताको कुरा सुन्नुहोस् वा सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामध्ये कुनै एउटाबाट बाइबल अध्ययन गर्ने तरिका देखाउनुहोस्।
◼ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकले “परमेश्वरसित हिंड्दा अहिले र सदाको लागि इनाम प्राप्त हुन्छ” विषयक जनभाषण दिन थाल्नेछन्।