क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
जून २०१२
प्रकाशकहरूको सङ्ख्या १,६९९ पुगेर नयाँ शिखर कायम भएको थाह दिन पाउँदा हामी धेरै खुसी छौं। अनि ३९४ जना नियमित अग्रगामी देख्न पाउँदा हामी निकै प्रोत्साहित भएका छौं। यो पनि नयाँ शिखर सङ्ख्या हो। नेपालमा आयोजना गरिएका तीनवटा विशेष सम्मेलनमा ३१ जनाले बप्तिस्मा गरेको हेर्न पाउनु पनि खुसीको कुरा हो। ती सम्मेलनहरूमा जम्मा २,५२५ जना उपस्थित भए, जुन गत सेवा वर्षको भन्दा ६.१ प्रतिशतले वृद्धि हो। साँच्चै, यहोवाले हाम्रो समयमा चेलाहरू जम्मा पार्ने कामलाई गति दिंदै हुनुहुन्छ।—यशै. ६०:२२.