क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
अक्टोबर महिनामा प्रकाशक र नियमित अग्रगामीहरूको नयाँ शिखर सङ्ख्या कायम भयो। प्रकाशकहरू १,७६६ जना र नियमित अग्रगामीहरू ४६६ जना। साथै काठमाडौंमा दुई वटा राज्यभवनको समर्पण कार्यक्रम भएकोमा हामी खुसी छौं। यी दुवै राज्यभवन सीमित स्रोतसाधन भएका देशहरूमा राज्यभवन निर्माण गर्ने कार्यक्रम अन्तर्गत बनाइएका हुन्। यस कटनीको समयमा परमेश्वरका सहकर्मी हुन पाएकोमा हामी कत्ति आनन्दित छौं!—१ कोरि. ३:६-९.