क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
सेप्टेम्बर महिनामा नियमित अग्रगामी सेवकहरूको सङ्ख्या ५६० पुगेर नयाँ शिखर कायम भएको छ। थुप्रै स्थानीय भाइबहिनीले यस महिना नियमित अग्रगामी सेवा सुरु गर्नुभयो। गत वर्षको सेप्टेम्बर महिनामा भन्दा यसपालि झन्डै दुई गुणा बढी अर्थात् २१,५७३ प्रति पत्रिका वितरण गरियो। यहोवाको आदर र महिमा गर्न कडा परिश्रम गर्दा त्यसमा उहाँले आशिष् वर्षाउनुहुन्छ भन्ने कुराको यो एउटा प्रमाण हो।—प्रका. ४:११.