मार्च १० को हप्ताको तालिका
मार्च १० मा सुरु हुने हप्ता
गीत १ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ४ अनु. १-४, पृष्ठ ३४ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: उत्पत्ति ४०-४२ (१० मि.)
न. १: उत्पत्ति ४१:१-१६ (४ मि. वा कम)
न. २: मूर्तिपूजा इस्राएल राष्ट्रको लागि घातक साबित भयो—td २३ख (५ मि.)
न. ३: हामी लोभमा फस्नु हुँदैन—lr अध्याय ९ (५ मि.)
सेवा सभा:
१५ मि: पारिवारिक उपासनालाई कसरी फलदायी बनाउने? पारिवारिक उपासनामा के-के गर्ने गरेका छन् भनेर एउटा परिवारसित अन्तरवार्ता लिनुहोस्। पारिवारिक उपासनासम्बन्धी यस्ता प्रश्न सोध्न सक्नुहुन्छ, ‘उपासनाको बेला प्रायजसो के-के गर्नुहुन्छ? छलफल गर्ने विषय कसरी तय गर्नुहुन्छ? jw.org मा भएका कस्ता सामग्रीहरू प्रयोग गर्दै हुनुहुन्छ? प्रचारको लागि कस्तो मदत पाउनुभएको छ? उपासनाको बेला अरू कुराले बाधा नपुऱ्याओस् भनेर के गर्ने गर्नुभएको छ? यो प्रबन्धबाट पूरै परिवारले कस्तो फाइदा उठाउनुभएको छ?’
१५ मि: “प्रचारकार्यमा अझै उन्नति गर्ने—कुराकानी गर्न नचाहने मानिसहरू भेट्दा विचार पुऱ्याउनुहोस्।” छलफल। हाम्रो कुरा सुन्न नचाहने घरधनीले के-के भन्न सक्लान्, दुई-तीनटा उदाहरण दिनुहोस् र त्यस्तो परिस्थितिमा प्रकाशकले कस्तो जवाफ दिनुपर्छ, श्रोतालाई सोध्नुहोस्। अप्रिल ७ को हप्तामा आफूले बटुलेको अनुभव बाँड्न पाउनेछन् भनी प्रकाशकलाई सम्झाउनुहोस्।
गीत ९७ र प्रार्थना