घोषणाहरू
यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। मे र जुन: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ।
स्मरणार्थ अप्रिल १४, २०१४, सोमबार साँझ हुनेछ। तपाईंको मण्डलीको सभा सोमबार हुन्छ भने अरू मण्डलीले राज्यभवन प्रयोग नगर्ने दिन उक्त सभा सार्न सकिन्छ। सेवा सभा रद्द गर्नुपरेमा एल्डरहरूको निकायको संयोजकले सेवा सभाको कुनै भाग मण्डलीलाई लागू हुने किसिमको छ भने अर्को हप्ताको सेवा सभामा गाभ्न सक्छन्।
सन् २०१४ सेवा वर्षको दोस्रो भ्रमणमा क्षेत्रीय निरीक्षकले दिने जनभाषणको विषय हो: “सङ्कष्टको समयबाट छुटकारा।”