अप्रिल ७ को हप्ताको तालिका
अप्रिल ७ मा सुरु हुने हप्ता
गीत १५ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. ५ अनु. १-८, पृष्ठ ४३ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रस्थान ७-१० (१० मि.)
न. १: प्रस्थान ९:२०-३५ (४ मि. वा कम)
न. २: ख्रीष्टियन आवश्यकता हो—td २६क (५ मि.)
न. ३: तिनीहरू येशूका चेला बने—lr अध्याय १३ (५ मि.)
सेवा सभा:
१० मि: अप्रिल महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफल। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर अप्रिल महिनाको प्रहरीधरहरा कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि उक्त कुराकानी थाल्ने उदाहरण भाग-भाग गरी केलाउनुहोस्। अन्तमा सबैलाई ती पत्रिका सुरुदेखि अन्तसम्म पढ्न र जोसिलो भएर बाँड्न प्रोत्साहन दिनुहोस्।
१० मि: अतिथि-सत्कार गर्न नबिर्सनुहोस्। (हिब्रू १३:१, २) एल्डरद्वारा भाषण। स्मरणार्थको लागि गरिएका स्थानीय प्रबन्धबारे फेरि बताउनुहोस्। स्मरणार्थमा आएका पाहुना र निष्क्रिय प्रकाशकलाई अतिथि-सत्कार गर्ने तरिकाहरू बताउनुहोस्। दुई भाग भएको छोटो प्रदर्शन देखाउनुहोस्। प्रदर्शनको पहिलो भागमा प्रकाशकले स्मरणार्थको निम्तो पाएका व्यक्तिलाई सभामा स्वागत गर्छन्। दोस्रो भागमा सभा सिद्धिएपछि प्रकाशकले तिनको चासो सेलाउन नदिन फेरि भेट्ने प्रबन्ध मिलाउँछन्।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफल। “प्रचारकार्यमा अझै उन्नति गर्ने—कुराकानी गर्न नचाहने मानिसहरू भेट्दा विचार पुऱ्याउनुहोस्,” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्तो लाभ उठाएका छन् र कस्तो राम्रो अनुभव बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत २० र प्रार्थना