क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
वर्षा याम भए तापनि जून महिनामा २,०५२ जना प्रकाशकले प्रचारको काममा निकै मेहनत गरे। नेपालमा आयोजना गरिएको छवटा विशेष सम्मेलनमा जम्मा २५ जनाले बप्तिस्मा गरेको देख्न पाउनु खुसीको कुरा थियो। यस सेवा वर्षको विशेष सम्मेलनमा जम्मा ३,२५४ जना उपस्थित भए। साँच्चै! अहिले हाम्रो समयमा चेला जम्मा गर्ने कामलाई यहोवा परमेश्वरले द्रुत गतिमा अघि बढाइरहनुभएको छ।—यशै. ६०:२२.