ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २९, २०१४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवा स्कुलमा छलफल गरिनेछ।
मृतकहरूको लागि आफ्नो शरीरमा चोट नपुऱ्याउनू भनेर व्यवस्था १४:१ मा दिइएको आज्ञाबाट हामी के सिक्न सक्छौं? [नोभे. ३, w०४ ९/१५ पृ. २७ अनु. ४]
इस्राएलका राजाहरूले किन परमेश्वरको व्यवस्थाको प्रति बनाउनुपर्थ्यो र ‘आफ्नो जीवनभरि त्यो पढ्नु पर्थ्यो?’ (व्यव. १७:१८-२०) [नोभे. ३, w०२ ६/१५ पृ. १२ अनु. ४]
“गोरु र गधासँगै नारेर जोत्नुहुँदैन” भन्ने आज्ञा किन दिइएको थियो र एउटै जुवामा ननारिओ भनेर दिइएको आज्ञा ख्रीष्टियनहरूलाई कसरी लागू हुन्छ? (व्यव. २२:१०) [नोभे. १०, w०३ १०/१५ पृ. ३२]
“घट्ट वा जाँतो धितोमा” लिन निषेध गरिएको थियो, किन? (व्यव. २४:६) [नोभे. १७, w०४ ९/१५ पृ. २६ अनु. ३]
इस्राएलीहरूले कस्तो मनोवृत्ति राखेर आज्ञाकारी हुनुपर्थ्यो र आज हामीले कुन कुराले उत्प्रेरित भएर यहोवाको सेवा गर्नुपर्छ? (व्यव. २८:४७) [नोभे. २४, w१० ९/१ पृ. ११ अनु. ४]
व्यवस्था ३०:१९, २० अनुसार जीवन पाउनका लागि हामीले कुन तीन आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्छ? [नोभे. २४, w१० २/१ पृ. ३० अनु. १७]
यहोशूलाई दिइएको निर्देशन पालन गर्नुको अर्थ हामीले उत्पत्तिदेखि प्रकाशसम्म पढ्दा प्रत्येक शब्द सानो सोरमा पढ्नुपर्छ भन्ने हो? व्याख्या गर्नुहोस्। (यहो. १:८, NW) [डिसे. ८, w१३ ४/१५ पृ. ७ अनु. ४]
यहोशू ५:१४, १५ बताइएको “परमप्रभुको फौजको कप्तान” को हुन् र यो विवरणबाट हामी के प्रोत्साहन पाउँछौं? [डिसे. ८, w०४ १२/१ पृ. ९ अनु. २]
आकान कसरी पाप गर्न पुगे र तिनको खराब उदाहरणबाट हामी के सिक्न सक्छौं? (यहो. ७:२०, २१) [डिसे. १५, w१० ४/१ पृ. २२-२३ अनु. २, ५]
कालेबको उदाहरणबाट हामी के प्रोत्साहन पाउँछौं? (यहो. १४:१०-१३) [डिसे. २९, w०४ १२/१ पृ. १२ अनु. २]