प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 डिसेम्बर पृ. ७
  • पूर्ण-समय सेवाबाट पाइने आनन्द

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्ण-समय सेवाबाट पाइने आनन्द
  • हाम्रो राज्य सेवा—२०१४
हाम्रो राज्य सेवा—२०१४
km14 डिसेम्बर पृ. ७

पूर्ण-समय सेवाबाट पाइने आनन्द

१ तपाईं जवान व्यक्‍ति हुनुभएकोले पक्कै आफ्नो भविष्यबारे सोच्नुभएको छ होला। हितोपदेश २१:५ हामीलाई यसो भन्छ, “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ।” आफ्ना लक्ष्यहरूबारे गम्भीर भई सोच्नुभयो भने तपाईंकै हित हुन्छ। तपाईंले भविष्यका लागि योजना बनाउनुहुँदा पूर्ण-समय सेवा गर्ने विषयमा विचार गर्नुहोस्‌। यसो गर्नु किन राम्रो हो?

२ जवान छँदा अग्रगामी सेवा गरेका केही वयस्कहरूलाई तिनीहरूको अनुभवबारे सोध्नुहोस्‌। तिनीहरू सबैले एउटै कुरा भन्‍नेछन्‌: “अग्रगामी सेवा गरेको समय मेरो जीवनको सबैभन्दा रमाइलो क्षण थियो!” युवावस्थादेखि नै पूर्ण-समय सेवाको आनन्द उठाएका एक जना भाइले यसो भने: “जवान छँदाको समयलाई फर्केर हेर्दा गहिरो सन्तुष्टि महसुस गर्छु र ‘आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्‌’ भन्‍ने बुद्धिमानी सल्लाह पालन गरें भन्‍न सक्छु।” (उप. १२:१) युवावस्थामा यस्तै आनन्द अनुभव गर्न चाहनुहुन्छ भने तपाईं र तपाईंका आमाबुबा दुवैले राम्रो योजना बनाउनुपर्छ।

३ आमाबाबु हो, पूर्ण-समय सेवा गर्न छोराछोरीलाई प्रोत्साहन दिनुहोस्‌: हाम्रो ख्याल राख्नुहुने मायालु बुबा यहोवाले हामीलाई कुन बाटोमा हिंड्‌नुपर्छ भनी देखाउनुभएको छ। (यशै. ३०:२१) यसरी मायालु डोऱ्‍याइ दिनुभएर उहाँले ख्रीष्टियन आमाबुबाको लागि राम्रो उदाहरण बसाल्नुभएको छ। आफ्नो लागि सबैभन्दा राम्रो बाटो कुन हो भनेर छान्‍ने जिम्मेवारी पूर्णतया छोराछोरीकै हातमा छोडिदिनुको साटो तिनीहरूलाई यहोवाको आशिष्‌ पाउन कुन बाटोमा हिंड्‌नुपर्छ भनेर प्रशिक्षण दिनुहोस्‌। तपाईंले दिनुभएको प्रशिक्षणले तिनीहरूलाई वयस्क भएपछि पनि “सही र गलत छुट्ट्याउन” मदत गर्नेछ। (हिब्रू ५:१४) मानिस आफ्नै निर्णयमाथि भर पर्न सक्दैन बरु आफ्नो मार्ग सोझो बनाउनको लागि यहोवामा भर पर्नुपर्छ भनेर वयस्कहरूले आफ्नो अनुभवबाट बुझेका छन्‌। (हितो. ३:५, ६) त्यसोभए जीवनमा थोरै अनुभव हासिल गरेका युवाहरूले यहोवामा भर पर्नु झनै आवश्‍यक छैन होला र?

४ आमाबुबा हो, छोराछोरीहरू किशोरावस्थामा पुग्नअघि नै तिनीहरूको लक्ष्यहरूबारे कुराकानी गर्नुहोस्‌। स्कुलका सल्लाहकार, शिक्षक र साथीहरूले भौतिकवादी अनि सांसारिक पेसा अपनाउन दबाब दिन सक्छन्‌। तपाईंका छोराछोरीहरूलाई व्यावहारिक सीप सिकाउने तालिम लिन प्रोत्साहन दिनुहोस्‌। यसो गर्दा तिनीहरूले परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई नलत्याई भौतिक आवश्‍यकताहरू पूरा गर्न सक्नेछन्‌। (१ तिमो. ६:६-११) प्रायःजसो अवस्थामा, नियमित अग्रगामी सेवा थाल्दा आफ्ना आवश्‍यकताहरू चाहिंदो मात्रामा पूरा गर्नको लागि उच्च माध्यामिक तहसम्मको पढाइ र व्यावहारिक सीप सिकाउने तालिम लिनु वा कुनै काम सिक्नु मात्र पनि पर्याप्त हुन सक्छ।

५ युवाहरूलाई अविवाहित रहने वरदानको लाभ उठाउन प्रोत्साहन दिनुहोस्‌। पछि तिनीहरूले विवाह गर्ने निर्णय गरे तापनि वैवाहिक जीवनमा बहन गर्नुपर्ने गम्भीर जिम्मेवारीहरू सम्हाल्न सक्षम हुनेछन्‌। (हाम्रो राज्य सेवकाई, सेप्टेम्बर २००३, “के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ?” भन्‍ने लेखको अनुच्छेद १९ हेर्नुहोस्‌।) छोराछोरीसित अग्रगामी सेवा, बेथेल सेवा र आवश्‍यकता धेरै भएको ठाउँमा प्रचार गर्ने मौकाबारे सकारात्मक कुरा गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईंले तिनीहरूलाई सानै उमेरदेखि यहोवालाई खुसी पार्ने, अरूको हित हुने र आफै पनि आनन्दित हुन सक्ने तरिकामा जीवन बिताउने इच्छा जगाउन सक्नुहुनेछ।

६ युवाहरू हो, पूर्ण-समय सेवालाई प्रथम स्थान दिनुहोस्‌: जवानहरू हो, अग्रगामी सेवा कस्तो हुन्छ होला भनेर तपाईंहरूले अचम्म मान्‍नु पर्दैन। स्कुलको पढाइ गर्दागर्दै पनि फुर्सतमा वा लामो बिदामा सहायक अग्रगामी सेवा गरेर अग्रगामी सेवा कस्तो हुँदो रहेछ भनेर हेर्नुभए कसो होला? यसो गर्नुभयो भने तपाईंले यो सेवा कत्तिको सन्तोषजनक हुँदो रहेछ भनी थाह पाउनुहुनेछ!

७ तपाईं बप्तिस्मा प्राप्त जवान भाइ हुनुहुन्छ भने सहायक सेवक हुने लक्ष्यबारे गम्भीरतापूर्वक सोच्नुहोस्‌। (१ तिमो. ३:८-१०, १२) साथै उमेर पुगेपछि बेथेल सेवाको लागि वा राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिनको लागि आवेदन दिने हो कि, निर्णय गर्नुहोस्‌। अग्रगामी सेवामा हासिल गर्नुभएका अनुभवहरूले तपाईंलाई तलिकाअनुसार चल्न, व्यवस्थित हुन, अरूसित व्यवहार गर्न र जिम्मेवार व्यक्‍ति बन्‍न सिकाउँछ। यस्ता गुणहरूले तपाईंलाई सेवाका अरू ठूला सुअवसरहरूको लागि पनि तयार पार्छ।

८ पूर्ण-समय सेवामा सफल हुन आध्यात्मिक गतिविधिमा कडा मेहनत गर्ने मनोभाव चाहिन्छ। प्रेषित पावलले यस्तो मनोभाव राख्न प्रोत्साहन दिंदै अनि यसले ल्याउने आशिष्‌हरूबारे बताउँदै यसो लेखे: ‘चाहे तिमीहरू जेसुकै गर, यहोवाको लागि जस्तै गरी तनमनले गर। किनकि तिमीहरूलाई थाह छ, यहोवाले नै तिमीहरूलाई उचित इनाम दिनुहुनेछ।’ (कल. ३:२३, २४) तपाईंको पूर्ण-समय सेवामा यहोवाले प्रशस्तै आशिष्‌ देऊन्‌ अनि तपाईं आनन्दित हुन सकोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने