घोषणा
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: मार्च र अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। मे: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?, के मरिसकेकाहरू फेरि बाँच्नेछन्?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला? मण्डलीको स्टकमा बाँकी भएका अरू कुनै पनि पर्चा प्रयोग गर्न सक्नुहुन्छ।
◼ यस वर्ष स्मरणार्थ उत्सव अप्रिल ३, २०१५ शुक्रबार परेको छ। तपाईंको मण्डलीमा सभा शुक्रबार हुन्छ भने त्यसलाई अर्को दिन सार्नुपर्छ। केही गरी सभा रद्द गर्नु परेमा तपाईंको मण्डलीका लागि उपयोगी भागहरू त्यसै महिना छलफल गर्न एल्डरहरूको निकायको संयोजकले तालिकामा छाँटकाँट गर्न सक्छन्।