घोषणा
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: सेप्टेम्बर र अक्टोबर: ब्यूँझनुहोस्! पत्रिका। नोभेम्बर र डिसेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका पर्चाहरूमध्ये कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: परमेश्वरको राज्य के हो?, बाइबल कस्तो किताब हो?, हाम्रो भविष्य कस्तो होला?, परिवार सुखी बनाउन के चाहिन्छ?, संसार कसको हातमा छ?, कहिल्यै दुःखकष्टको अन्त होला?
◼ सन् २०१६ को स्मरणार्थ उत्सवपछिको विशेष भाषण मार्च २८ को हप्तामा दिइनेछ। उक्त भाषणको विषय पछि घोषणा गरिनेछ। विशेष भाषण दिनुपर्ने हप्तामा सम्मेलन परेको छ वा क्षेत्रीय निरीक्षकको भ्रमण छ भने त्यसपछिको हप्तामा उक्त भाषण दिनुपर्छ। कुनै पनि मण्डलीमा मार्च २८ भन्दा पहिले यो विशेष भाषण दिनुहुँदैन।