अक्टोबर ५ को हप्ताको तालिका
अक्टोबर ५ मा सुरु हुने हप्ता
गीत १३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
w०८ १/१ पृ. १२-१५, अनु. १-११ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: १ इतिहास १-४ (८ मि.)
न. १: १ इतिहास १:२८-४२ (३ मि. वा कम)
न. २: दुष्ट स्वर्गदूतहरूले कसरी बहकाउँछन्? —bh अध्या. १०, अनु. १०-१३ (५ मि.)
न. ३: रक्तदोषी सङ्गठनहरूबाट अलग रहनुहोस् —lv अध्या. ७, अनु. २०-२५ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’—प्रेषि. २०:२४.
५ मि: अक्टोबर महिनामा पत्रिका प्रस्तुत गर्नुहोस्। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यस पृष्ठमा दिइएको कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर कसरी पत्रिका प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै एउटा प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि कुराकानी थाल्ने उदाहरणलाई सुरुदेखि अन्तसम्म केलाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: हामीले कस्तो गऱ्यौं? छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। “प्रचारकार्यमा अझै उन्नति गर्ने—व्यापारिक इलाकामा साक्षी दिनुहोस्” भन्ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूले कस्ता लाभ उठाएका छन् र कस्ता राम्रो अनुभव बटुलेका छन्, टिप्पणी दिन आग्रह गर्नुहोस्।
गीत ९८ र प्रार्थना