प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp20 सङ्‌ख्या ३ पृ. १०
  • ईश्‍वरको अनुमोदन पाउन नियमित प्रार्थना गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरको अनुमोदन पाउन नियमित प्रार्थना गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नम्र भई मनैदेखि प्रार्थना गर्नुहोस्‌
  • ईश्‍वरलाई उहाँको नामले सम्बोधन गर्नुहोस्‌
  • आफ्नै भाषामा प्रार्थना गर्नुहोस्‌
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना द्वारा सहायता कसरी प्राप्त गर्न सकिन्छ
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
wp20 सङ्‌ख्या ३ पृ. १०
मध्यपूर्वको एक मानिस प्रार्थना गर्दै छन्‌।

“प्रार्थना सुन्‍नुहुने परमेश्‍वर”-लाई हाम्रो कुरा सुन्‍न मन पर्छ।—भजन ६५:२.

ईश्‍वरको अनुमोदन पाउन नियमित प्रार्थना गर्नुहोस्‌

ईश्‍वरले मानिसहरूलाई एउटा विशेष वरदान दिनुभएको छ। त्यो हो, प्रार्थना गरेर उहाँसित कुरा गर्ने र आफ्नो भावना उहाँलाई पोखाउने। भविष्यवक्‍ता दाउदले यस्तो प्रार्थना गरे: “हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।” (भजन ६५:२) तर हामीले कसरी प्रार्थना गऱ्‍यौँ भने उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ र आशिष्‌ दिनुहुन्छ?

नम्र भई मनैदेखि प्रार्थना गर्नुहोस्‌

तपाईँले आफ्नो मनभित्रका भावनाहरू व्यक्‍त गर्न ईश्‍वरलाई प्रार्थना गरेर मनको बह पोखाउन सक्नुहुन्छ। (भजन ६२:८) मनैदेखि गरिएको निष्कपट प्रार्थना सुन्दा ईश्‍वरलाई खुसी लाग्छ।

ईश्‍वरलाई उहाँको नामले सम्बोधन गर्नुहोस्‌

हुनत ईश्‍वरका धेरै उपाधि छन्‌ तर उहाँको नाम एउटा मात्र छ। “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) पवित्र धर्मशास्त्रमा यहोवा नाम लगभग ७ हजार पटक उल्लेख गरिएको छ। धेरैजसो भविष्यवक्‍ताले उहाँको नामैले उहाँलाई सम्बोधन गरे। अब्राहामले यसो भने: “यहोवा परमेश्‍वर . . . म [तपाईँलाई] अझै केही भन्‍न चाहन्छु।” (उत्पत्ति १८:३०) हामीले पनि प्रार्थना गर्दा ईश्‍वरको नाम यहोवा प्रयोग गर्नुपर्छ।

आफ्नै भाषामा प्रार्थना गर्नुहोस्‌

हामीले जुनसुकै भाषा बोले तापनि ईश्‍वरले हाम्रो विचार र भावना बुझ्न सक्नुहुन्छ। उहाँको वचनले यस्तो आश्‍वासन दिन्छ: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

तर उहाँबाट आशिष्‌ पाउन हामीले प्रार्थना गरेर मात्र पुग्दैन। हामीले अझ के गर्नुपर्छ, त्यसबारे अर्को लेखमा विचार गर्नेछौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने