जीवन र प्रचारकार्य अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
अक्टोबर २-८
बाइबलमा पाइने अनमोल धन | दानियल ७-९
“मसीह देखापर्ने समयबारे दानियलले गरेको भविष्यवाणी”
it-2-E पृ. ९०२ अनु. २
सत्तरी हप्ता
अपराध र पाप मेटाइनेछ। येशूको मृत्यु पछि पुनर्जीवित भएर स्वर्ग जानुभएपछि ‘विद्रोह थामिने, पापको अन्त हुने र अपराधको प्रायश्चित हुनेथियो।’ (दा ९:२४) व्यवस्थाको करारले यहूदीहरू पापी भएको, दण्ड पाउन लायकको र करार तोड्ने मानिसहरूको रूपमा चिनाएको छ। मोशाको व्यवस्थाले तिनीहरूको पाप उदाङ्ग पाऱ्यो। तर पाप जति बढी भए पनि परमेश्वरले मसीहद्वारा देखाउनुभएको कृपा र दया अझ प्रशस्त थियो। (रोमी ५:२०) किनभने मसीहको बलिदानले पश्चात्तापीहरूको अपराध र पाप मेटाएर दण्ड मुक्त गर्न सम्भव बनाएको छ।
it-2-E पृ. ९०० अनु. ७
सत्तरी हप्ता
‘उनन्सत्तरी’ हप्ता पछि मसीहको आगमन। सत्तरी हप्ताको समयावधिलाई विचार गर्दा “सात हप्ता” को अन्त पछि ‘बयसट्ठी हप्ता’ सुरु हुन्छ। (दा ९:२५) त्यसकारण ईसापूर्व ४५५ मा यरूशलेमको पुनर्निर्माण हुने “वचन निस्केको समय” देखि इस्वी संवत् २९ मा “एक अभिषेक जन” देखा परेको समयसम्म ‘सात हप्ता र बयसट्ठी हप्ता’ गरी जम्मा ६९ हप्ता अर्थात् ४८३ वर्ष हुन्छ। त्यसकारण इस्वी संवत् २९ को शरद् ऋतुमा येशूले बप्तिस्मा गर्नुभयो। त्यही बेला पवित्र शक्तिद्वारा अभिषेक भएर उहाँ मसीह नियुक्त हुनुभयो अनि सेवाको काम सुरु गर्नुभयो।—लूका ३:१, २, २१, २२.
it-2-E पृ. ९०१ अनु. २
सत्तरी हप्ता
हप्ताको बीचतिर मसीह “हटाइनेछ”। गब्रिएलले दानियललाई यसो भने: “ती बयसट्ठी हप्तापछि तिनलाई कसैले सहायता नदिने गरी ती अभिषेक जन हटाइनेछन्।” (दा ९:२६) ‘सात हप्ता र बयसट्ठी हप्ता’ बितेको साढे तीन वर्षपछि ख्रीष्टलाई यातनाको खम्बामा झुन्ड्याएर मारियो र उहाँले सारा मानिसजातिको लागि आफ्नो जीवन फिरौती स्वरूप दिनुभयो। (यशै ५३:८) येशूले “हप्ता” को सुरुतिरको समय प्रचारमा बिताउनुभयो भनेर प्रमाणले देखाउँछ। इस्वी संवत् ३२ मा येशूले यहूदा राष्ट्रलाई “तीन वर्ष” देखि फल नफलाएको अन्जीरको रूखसित तुलना गर्नुभयो। (मत्ती १७:१५-२०; २१:१८, १९, ४३ तुलना गर्नुहोस्) बगानको मालीले त्यस दाखबारीका मालिकलाई यसो भने: “मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्, म यसको वरिपरि खनेर मल हाल्छु। यसले फल फलायो भने बेसै भयो, होइन भने, काट्न लगाउनुहोला।” (लूका १३:६-९) यहाँ येशूले त्यस भावशून्य राष्ट्रलाई प्रचार गरेको आफ्नो समयावधिबारे बताउँदै हुनुहुन्थ्यो। उहाँले त्यस राष्ट्रलाई प्रचार गरेको तीन वर्ष सकेर चार वर्ष हुन लागेको थियो।
it-2-E पृ. ९०१ अनु. ५
सत्तरी हप्ता
‘हप्ताको बीच’ ले सात वर्षको आधा अर्थात् साढे तीन वर्षलाई बुझाउँछ। इस्वी संवत् २९ को शरद् ऋतु-मा बप्तिस्मा गरेर येशू मसीह नियुक्त हुनुभएपछि ‘७० औं हप्ता’ सुरु हुने भएकोले ‘हप्ता’ को आधा अर्थात् साढे तीन वर्ष जोड्दा इस्वी संवत् ३३ को वसन्त ऋतु अथवा निस्तार चाड (नीसान १४) मा पुग्छौं। ग्रेगोरियन क्यालेन्डर अनुसार त्यो दिन इस्वी संवत् ३३ अप्रिल १ मा पर्न आउँछ। (प्रभुको साँझको भोज [स्थापनाको समय]-अङ्ग्रेजी हेर्नुहोस्।) प्रेषित पावलले भनेअनुसार येशू ‘परमेश्वरको इच्छा पूरा गर्न’ आउनुभयो। उहाँले आफ्नो शरीर बलिदान दिनुभएर ‘नयाँलाई स्थापित गर्न सकियोस् भनेर उहाँले पुरानोलाई [व्यवस्थामा भए अनुसारको बलिदान तथा भेटीहरू] विस्थापित गर्नुभयो।’—हिब्रू १०:१-१०.
अक्टोबर १६-२२
बहुमूल्य रत्न खोजौं
g०५-E ९/८ पृ. १२ अनु. २
सारा संसारमा एकता छाउनेछ
पृथ्वीमा सम्पूर्ण प्राणीहरू बीच छुट्टै किसिमको मेलमिलाप हुनेछ। परमेश्वरले वफादार मानिसहरूलाई पृथ्वीको राम्रो ख्याल राख्न सिकाउनु हुनेछ। उहाँले सृष्टिको सुरुतिर ‘करार बाँध्नु’ भएझैं वन पशुहरू शान्तिसित मानिसहरूको अधीनमा बस्नेछन्।—होशे २:१८; उत्पत्ति १:२६-२८; यशैया ११:६-८.
अक्टोबर २३-२९
बाइबलमा पाइने अनमोल धन | होशे ८-१४
“यहोवालाई सबैभन्दा उत्कृष्ट कुरा दिनुहोस्”
w०७-E ४/१ पृ. २० अनु. २
यहोवालाई खुसी बनाउने बलिदान चढाउनुहोस्
हाम्रा प्रशंसाका अभिव्यक्तिहरू यहोवालाई चढाएको बलिदान जस्तै हो भनेर बाइबलले बताउँछ। यहोवाले हाम्रो ओठको प्रशंसालाई उत्तम बलिदानको रूपमा स्वीकार्नुहुन्छ भन्ने कुरा बुझाउन होशेले ‘बहरहरू चढाएझैं आफ्ना ओठका स्तुति’ भन्ने अभिव्यक्ति प्रयोग गरे। (होशे १४:२) प्रेषित पावलले हिब्रू ख्रीष्टियनहरूलाई यसरी आग्रह गरे: “हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” (हिब्रू १३:१५) आज, यहोवाका साक्षीहरू सबै जातिलाई राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने काममा व्यस्त छन्। (मत्ती २४:१४; २८:१९, २०) तिनीहरूले दिनरात सारा पृथ्वीभरि परमेश्वरलाई प्रशंसाको बलिदान चढाइरहेका छन्।—प्रकाश ७:१५.
jd-E पृ. ८७ अनु. ११
यहोवाको उच्च स्तर अनुसार सेवा गर्नुहोस्
होशे १४:९ ले सही मार्गमा हिंड्दा हुने फाइदाहरूमा ध्यान केन्द्रित गर्छ। यहोवाप्रति आज्ञाकारी हुँदा हामीले आशिष् पाउँछौं। यहोवा हाम्रो सृष्टिकर्ता हुनु भएकोले हाम्रो बनौट जान्नुहुन्छ। उहाँले हामीबाट माग गर्नुहुने कुराहरू हाम्रै भलाइका लागि हुन्। यहोवा र हामी बीचको सम्बन्धबारे बुझ्न गाडी र निर्माताको उदाहरण विचार गर्न सक्छौं। निर्मातालाई आफूले बनाएको गाडीको बनौट र डिजाइनबारे राम्ररी थाह हुन्छ। अनि बेला-बेलामा गाडीको मोबिल फेर्नुपर्छ भनेर तिनले हामीलाई निर्देशन दिन्छ। तर गाडी ठिकै चलिरहेको छ भनेर तपाईंले त्यस निर्देशनलाई बेवास्ता गर्नुभयो भने के हुन्छ? इन्जिन चाँडै बिग्रन सक्छ। मानिसको विषयमा पनि यस्तै भन्न सक्छौं। हाम्रो सृष्टिकर्ताले हामीलाई आज्ञाहरू दिनुभएको छ। ती आज्ञाहरू पालन गर्दा हाम्रै फाइदा हुन्छ। (यशैया ४८:१७, १८) यो कुरा मनमा राख्दा हामी उहाँको स्तरअनुसार जिउन र आज्ञा पालन गर्न अझै उत्प्रेरित हुन्छौं।—भजन ११२:१.
अक्टोबर ३०–नोभेम्बर ५
बाइबलमा पाइने अनमोल धन | योएल १-३
‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्’
jd-E पृ. १६७ अनु. ४
“जाति-जातिहरूका बीचमा यो प्रचार गर”
यो विवरणलाई अर्को दृष्टिकोणले हेरौं। यहोवा परमेश्वरले भविष्यवक्ता योएललाई विभिन्न किसिमका मानिसले भविष्यवाणी गर्नेछन् भनेर बताउनुभयो, उहाँले यसो भन्नुभयो: “त्यसपछि म मेरो आत्मा सबैमाथि खन्याउनेछु र तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी कहनेछन्, तिमीहरूका बूढा मानिसहरू स्वप्नदर्शी हुनेछन् र तिमीहरूका तन्नेरीहरूले दर्शन देख्नेछन्।” (योएल २:२८-३२) इस्वी संवत् ३३ पेन्तिकोसको दिन प्रेषित पत्रुसले यरूशलेमको माथिल्लो तलाको कोठामा भेला भएका मानिसहरूमा यो भविष्यवाणी पूरा भएको कुरा उल्लेख गरे। तिनीहरूले पवित्र शक्ति पाएर “परमेश्वरको विषयमा अद्भुत कुराहरू” सुनाए। (प्रेषित १:१२-१४; २:१-४, ११, १४-२१) हाम्रो समयबारे के भन्न सक्छौं? २० औं शताब्दीको सुरुदेखि योएलको यो भविष्यवाणी अझ विस्तृत रूपमा पूरा भइरहेको छ। पवित्र शक्तिद्वारा अभिषेक भएका पुरुष, स्त्री, वृद्ध, जवान अभिषिक्त ख्रीष्टियनहरूले “भविष्यवाणी” गर्ने अर्थात् स्वर्गमा स्थापित भएको राज्यको सुसमाचार प्रचार गर्दैछन्। यसरी तिनीहरूले “परमेश्वरको विषयमा अद्भुत कुराहरू” बारे सुनाउँदै छन्।